फाइल फोटो

राजनीति

सत्ता गठबन्धनको बैठक सुरु

By खबरहब

December 24, 2022

काठमाडौँ– सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । नयाँ सरकार गठन र शक्ति समीकरणबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको हो । गठबन्धन बैठकमा सहभागी हुनका लागि सबै शीर्ष नेताहरु बालुवाटार पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।

सत्तारुढ गठबन्धन दलबीच बहुमत जुटाएर प्रधानमन्त्रीमा दाबी गर्न छलफल जारी रहे पनि नयाँ सरकारको नेतृत्वबारे कांग्रेस र माओवादी बीच कुरा मिलेको छैन।  

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई नयाँ सरकार गठनका लागि आइतबार बेलुकी ५ बजेसम्मको समय दिएकी छन्।