चिसोले मनाङमा पूर्वाधार निर्माणमा समस्या « Khabarhub

चिसोले मनाङमा पूर्वाधार निर्माणमा समस्या


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मनाङ– चिसो बढ्दै गएपछि हिमाली जिल्ला मनाङमा विकास निर्माणका कार्यमा समस्या भएको छ । चिसो बढेसँगै माथिल्लो मनाङको विभिन्न पूर्वाधार निर्माणमा बाधा पुगेको हो । गत वर्ष निरन्तरको वर्षाले क्षति पुर्‍याएको भौतिक संरचना निर्माणका कार्य रोकिएको पूर्वाधार कार्यालयले जनाएको छ । 

विशेषगरी माथिल्लो मनाङको सडक, पुल, जलविद्युत्लगायत विकास निर्माणका काम रोकिएका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । ‘सदरमुकाम चामे, नासों गाउँपालिका क्षेत्रमा केही निर्माण भइरहेको छ । तर ङिस्याङनार्पाभूमि गाउँपालिकामा विकास निर्माण तथा पूर्वाधारको कार्य रोकिएको छ’, उनले भने ।

चिसोका कारण अहिले जिल्लाका चामे, नासों, नार्पाभूमिङिस्याङ गाउँपालिकामा विकास निर्माणका काम गर्न नसकिएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर जय विष्टले बताए । ‘हिउँका कारण माथिल्लो मनाङतर्फको पूर्वाधार निर्माणका काम गर्न कठिन छ । यहाँको काम वर्षमा जम्माजम्मी तीन महिना मात्रै हुन्छ’, उनले भने।

मनाङको मेरुदण्डका रुपमा रहेको चामे-बेँसीसहर सडक खण्डको निर्माण कार्य पनि मौसम प्रतिकूलताका कारण रोकिएको उनले बताए । प्रायःजसो मनाङको विकास निर्माणको काम गर्न सकिने अवस्था नरहेको उनले बताए। उक्त सडक खण्ड निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत वार्षिक रुपमा बजेट विनियोजन हुँदै आएको छ । मनाङको सहज यातायातका लागि सरकारले विशेष रुपमा सडक निर्माण तथा विकास निर्माणका लागि बजेट विनियोजन गर्दै आएको छ । 

विपद्ग्रस्त जिल्लालाई समावेश गरेर सङ्घ सरकारमार्फत विपद् व्यवस्थापन विभागबाट तीन करोड १४ लाख विनियोजन भएपछि तालगाउँको संरक्षणका लागि तटबन्धन निर्माणको काम भइरहेको पूर्वाधार कार्यालयले जनाएको छ । मनाङको तिमाङमा २२ करोडको लागतमा सडक ढलानको काम अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य सकिने अवस्थामा चिसो सुरु भएपछि केही ढिलाइ हुने भएको छ । 

सडक खण्डअन्तर्गतको जोखिम क्षेत्रको मर्मतसम्भारका लागि रु छ-छ करोडमा नाना कन्सल्टेन्सीले ठेक्का लिएको डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयले जनाएको छ । आगामी पाँच वर्षको अवधिमा डुम्रे-बेँसीसहर-चामे सडकखण्डलाई चौडा, कालोपत्र, पक्की नालासहित सुरक्षित बनाउने योजनासहित बजेट विनियोजन भएको डुम्रे-बेँसीसहर-चामे सडक योजना रहेको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ४ : ३७ बजे

रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

भोटेकाेशी बाढी : जलवायुको मूल्य कसले चुकाउने ?

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पानीको सतह

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका