राष्ट्रपतिद्वारा क्रिसमस डेको शुभकामना « Khabarhub

राष्ट्रपतिद्वारा क्रिसमस डेको शुभकामना


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छिन् ।

उनले शुभकामना सन्देशमार्फत यस्ता चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।

इसाई धर्मावलम्बीहरूद्वारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक एवं सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी क्रिसमस डे मनाउने गरिएको छ । यस अवसरमा काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरालगायत देशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी यो पर्व मनाउने गरिएको छ ।

राष्ट्रपति भण्डारीले इसाई धर्मावलम्बीहरूको यस पर्वले सबै नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समुन्नत नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छिन् ।

 

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ५ : ५८ बजे

मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा, अब जथाभाबी पशु बध गर्न र मासु बेच्न नपाइने

काठमाडौँ– उपत्यकाका तीन जिल्लाले आजदेखि ‘पशु बधशाला तथा मासु जाँच

मानव बेचबिखनसम्बन्धी सजायको दायरा बढाउन संशोधन विधेयक ल्याइयो

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

चाडपर्व बिदापछि सरकारी अस्पतालमा बिरामीको चाप, सेवा लिन घण्टौँ लाइन (तस्बिरहरू)

काठमाडौं– तिहार र छठ पर्वको लगातारको सार्वजनिक बिदापछि काठमाडौंका प्रमुख

नेपालको सार्वभौम क्रेडिट रेटिङ अंक बढेर ३.६६ पुग्यो

काठमाडौँ– नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ)को अङ्क गत