वीरगञ्ज महानगरको निर्णयविरुद्ध उच्च अदालतद्वारा अन्तरिम आदेश « Khabarhub

वीरगञ्ज महानगरको निर्णयविरुद्ध उच्च अदालतद्वारा अन्तरिम आदेश


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– विद्यालयको स्तर वर्गीकरण तथा शुल्क निर्धारणको निर्णय तत्काल कार्यान्वयन नगर्न वीरगञ्ज महानगरपालिकाका नाममा उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गरेको छ । राष्ट्रिय आवासीय तथा निजी विद्यालय एशोसिएसन नेपाल पर्साले महानगरपालिकाले जारी गरेको विद्यालय वर्गीकरण तथा शुल्क निर्धारणविरुद्ध रिट दायर गरेको थियो । 

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश सुदर्शनदेव भट्टको एकल इजलासले रिटमाथि सुनुवाइ गर्दै निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । महानगरले गत मङ्सिर २३ गते वीरगञ्जका ५८ वटा निजी विद्यालयको स्तर वर्गीकरण गर्दै शुल्क निर्धारण गरेको थियो । महानगरले छ वटा विद्यालय ‘क’ वर्गमा, २४ वटा ‘ख’ वर्गमा, २७ वटा ‘ग’ वर्गमा र एउटा विद्यालय ‘घ’ वर्गमा परेका थिए ।

यसका लागि महानगरपालिका प्रमुख राजेशमान सिंहको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको थियो । रिट निवेदनका तर्फबाट अधिवक्ता सुधीर कर्णले बहस गरेका थिए ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ६ : ०४ बजे

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र