माध्यमिक विद्यालयस्तरीय विज्ञान प्रदर्शनी सम्पन्न « Khabarhub

माध्यमिक विद्यालयस्तरीय विज्ञान प्रदर्शनी सम्पन्न


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– विद्यालय तहका विद्यार्थीहरूलाई विभिन्न वैज्ञानिक उपकरण निर्माणमा टेवा पुर्‍याउने उद्देश्यले भक्तपुरमा आयोजना गरिएको एकदिने विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिकाले आज आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय विज्ञान प्रदर्शनीमा रकेट केबुलकार बनाउने सूनपा-७ किवाचोकस्थित ज्योति माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्दै नगदसहितको पुरस्कार हात पारेको छ ।

विज्ञान प्रदर्शनीमा सूनपा-१० चित्तपोलको जोरपाटी माध्यमिक विद्यालय दोस्रो र रकेट बनाउने सूनपा-१ बिरुवास्थित कुलमाया भगवती माध्यमिक विद्यालय तेस्रो भएको थियो । प्रदर्शनीमा सूनपा-५ कटुञ्जेस्थित मनोरम इङ्गलिस बोर्डिङ स्कुल सान्त्वना पुरस्कार प्राप्त गरेको थियो ।

विज्ञान प्रदर्शनीमा सामुदायिक र संस्थागत विद्यालय गरी नौवटा विद्यालयले सहभागिता जनाएका थिए । कक्षा ९ र १० का विद्यार्थीले बनाएका केबुलकार, रकेट, मन्दिर, पहाड, दूरबिनलगायत विभिन्न सामग्रीलाई अवलोकनमा गएका विभिन्न विद्यालयका शिक्षक तथा  विद्यार्थीले निकै रुचि दिएर हेरेका थिए ।

प्रदर्शनी समापनसँगै नगरपालिका नगरप्रमुख वासुदेव थापा, नपाका प्रवक्ता रवीन्द्र सापकोटाले विद्यालय एवं विद्यार्थीहरूलाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गरे ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ६ : १९ बजे

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट