रूपन्देहीमा रक्तदान कार्यक्रम सम्पन्न  | Khabarhub Khabarhub

रूपन्देहीमा रक्तदान कार्यक्रम सम्पन्न 


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भैरहवा– लुम्बिनी प्रेस क्लब, रूपन्देहीको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । क्लबको स्थापना दिवसको अवसर पारेर भैरहवाको जनकपथस्थित क्लबको कार्यालय परिसरमा कार्यक्रमको आयोजना गरिएको कार्यवाहक अध्यक्ष सम्झना शर्माले बताइन् । रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको शर्माले जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्लबका निवर्तमान अध्यक्ष दीपेश पछाइले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको बताए । उनले स्थापना दिवसको अवसरमा क्लबले विभिन्न कार्यक्रम आयोजन गर्न लागेको बताए ।

कार्यक्रम संयोजक तथा क्लबका अनुशासन समिति संयोजक पशुपति यादवको स्वागत तथा महासचिव कमल रायमाझीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । नेपाल रेडक्रस सोसाइटी रूपन्देही जिल्ला शाखा रक्त सञ्चार सेवा केन्द्र सिद्धार्थनगरको प्राविधिक सहयोगमा भएको कार्यक्रममा १७ युनिट रगत संकलन भएको क्लबका सदस्य मोहम्मद हबिबले जानकारी दिए ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ६ : ३६ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु