गण्डकी र लुम्बिनी जोड्ने पुलको निर्माण सुरु « Khabarhub

गण्डकी र लुम्बिनी जोड्ने पुलको निर्माण सुरु


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

दमौली– गण्डकी प्रदेशको तनहुँ र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने गरी निर्माण सुरु भएको पक्की पुलको कामले गति लिएको छ । तनहुँ र पाल्पा जोड्ने कालीगण्डकी नदीमाथि निर्माण भइरहेको पक्की पुलको काम तीव्र गतिमा अगाडि बढेको हो । 

हाल तनहुँतर्फको सफ्टफिट स्ल्याब ढलान कार्य सकिएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिए। ‘स्ल्याब ढलान सकिएपछि अब वालको ढलान कार्यको तयारी हुँदैछ’, उनले भने, ‘त्यसपछि डेक स्ल्याबको ढलान हुनेछ ।’ उक्त कार्य सकिएपछि नदी डाइभर्सन गरी बाँकी रहेको एउटा पिल्लरको काम हुनेछ ।

तनहुँको घिरिङ गाउँपालिका-१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका-१ स्याउलीबजार जोड्ने कालीगण्डकी नदीमाथि निर्माण भइरहेको पुलको काम युनाइटेड बिल्डर्सले पाएको छ । दुई सय १० मिटर लामो उक्त पुल तनहुँ र पाल्पा जोड्ने एकमात्र पक्की पुल हो । पुल योजना पश्चिमक्षेत्र सेक्टर नं ४ को प्रत्यक्ष निर्देशन र निरीक्षणमा पुल निर्माण कार्य भइरहेको छ । दुई लेन प्रविधिमा निर्माण हुने पुल रु २७ करोड लागतमा संघीय सरकारको बजेटमार्फत् निर्माण हुन लागेको हो । कालीगण्डकी नदीमा पुल नहुँदा पुट्टार र स्याउलीका सर्वसाधारण पाल्पाको निस्दी गाउँपालिका हुँदै लामो दूरीबाट यात्रा गर्न बाध्य छन् । 

यहाँ पुल निर्माण सुरु भएपछि स्थानीयवासी पनि खुसी छन् । पुल नहुँदा नजिकै रहेको स्याउली बजार जान पनि घुमेर जाँदा टाढा पथ्र्यो । पुल निर्माण भएपछि सहज रुपमा आवतजावत गर्न सकिन्छ । मोटरेवल पुल निर्माण भएपछि दुई स्थानीय तहका हजारौँ सर्वसाधारण लाभान्वित हुनेछन् । 

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ६ : ४९ बजे

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ– जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने