सांकेतिक तस्वीर

देश/प्रदेश

सिन्धुपाल्चोकमा कुटपिटबाट एक पुरुषको मृत्यु

By खबरहब

December 24, 2022

काठमाडौं– सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ डाडाँ टोलमा  कुटपिटको कारण एक पुरुषको मृत्यु भएको छ । २९ वर्षीय मिनबहादुर तामाङले मादक पदार्थ सेवन गरी सोहि ठाँउ बस्ने वर्ष १८ की पासाङ लामा शेर्पालाई अस्लिल शब्द प्रयोग गरी गालि गरेको विषयलाई लिएर विवाद सुरु भएको थियो ।

पासाङ लामा शेर्पा र उनको श्रीमान् राजुलामा तामाङले मिन बहादुर तामाङलाई गम्भीर घाइते हुने गरी कुटपिट गरेका थिए  ।

शनिबार बिहान साढे ४ बजे घाइते  मिनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कुटपिटमा संलग्न  पासाङ लामा शेर्पा र उनका श्रीमान् राजु लामा तामाङलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बाह्रबिसेमा राखिएको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।