गठबन्धन कुनै पनि हालतमा टुट्दैन : मन्त्री कार्की « Khabarhub

गठबन्धन कुनै पनि हालतमा टुट्दैन : मन्त्री कार्की


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री चयनका बिषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्ष बिहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको गठबन्धनको बैठकमा पहिला को प्रधानमन्त्री भन्ने बिषयमा सहमति जुट्न नसकेको हो ।

गठबन्धनभित्र कांग्रेस सभापति शेर बहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड मध्ये को पहिला प्रधानमन्त्री हुने भन्ने विवाद छ । बैठकपछि कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले गठबन्धनमा बिभिन्न बिकल्पमा छलफल भएको र बैठक सकारात्मक भएको जानकारी दिए ।

उनले जनताको अभिमतलाई सम्मान गर्दै गठबन्धनलाई निरन्तरता दिने बिषयमा भने दलहरु एकमत रहेको दावी गरे । उनले बिकसित राजनीतिक घटनाक्रमका साथै आगामी दिनमा कसरी जाने भन्ने बिषयमा बैठकमा छलफल भएको जानकारी दिए ।

कार्कीलेप्रधानमन्त्री को बन्ने पहिले बिषय गौण भएको र गठबन्धनकै नेतृत्वमा सरकार गठन हुने जिकिर गरे ।गठबन्धनको बैठक आइतबार बिहान पुनः बस्ने र निष्कर्षमा पुग्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ८ : ३४ बजे

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको

चिनियाँ राष्ट्रपति सीले भारत भ्रमण गर्ने

काठमाडौं- चीनका राष्ट्रपति सी जिन्पिङ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन

आफ्नै अभिव्यक्तिप्रति मन्त्री गौतमले मागिन् राष्ट्रिय सभासमक्ष माफी

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेन-जी सहिद

सुनसरी-४ का सांसद दीपक साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट निर्वाचित सांसद दिपक

कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका