गठबन्धन कुनै पनि हालतमा टुट्दैन : मन्त्री कार्की | Khabarhub Khabarhub

गठबन्धन कुनै पनि हालतमा टुट्दैन : मन्त्री कार्की


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री चयनका बिषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्ष बिहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको गठबन्धनको बैठकमा पहिला को प्रधानमन्त्री भन्ने बिषयमा सहमति जुट्न नसकेको हो ।

गठबन्धनभित्र कांग्रेस सभापति शेर बहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड मध्ये को पहिला प्रधानमन्त्री हुने भन्ने विवाद छ । बैठकपछि कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले गठबन्धनमा बिभिन्न बिकल्पमा छलफल भएको र बैठक सकारात्मक भएको जानकारी दिए ।

उनले जनताको अभिमतलाई सम्मान गर्दै गठबन्धनलाई निरन्तरता दिने बिषयमा भने दलहरु एकमत रहेको दावी गरे । उनले बिकसित राजनीतिक घटनाक्रमका साथै आगामी दिनमा कसरी जाने भन्ने बिषयमा बैठकमा छलफल भएको जानकारी दिए ।

कार्कीलेप्रधानमन्त्री को बन्ने पहिले बिषय गौण भएको र गठबन्धनकै नेतृत्वमा सरकार गठन हुने जिकिर गरे ।गठबन्धनको बैठक आइतबार बिहान पुनः बस्ने र निष्कर्षमा पुग्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ८ : ३४ बजे

नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आह्वान

काठमाडौँ– संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्ताहरूलाई नेपालमा लगानीका अवसरहरुबाट

क्यान्सरको उपचार गर्दा एचआईभी ठिक

सन् १९८०को दशक एचआईभी सङ्क्रमण र एड्स रोगका कारण संसार

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु

बग्दाद– इराकमा सांसदका आफन्तसहित उद्धार टोलीमाथि बम आक्रमण भएको छ

केपी ओली टी-२० को फाइनलमा मधेस प्रदेश र आर्मी भिड्दै

पोखरा– पोखरामा जारी ‘केपी ओली कप टी-ट्वान्टी राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको

बालकृष्ण खाँणलगायतको मुद्दाको फैसाला आज

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा आज फैसाला आउने सम्भावना रहेको छ