सत्ता गठबन्धनको नेतृत्वमा सरकार गठन हुनुपर्छ : मन्त्री कुँवर « Khabarhub

सत्ता गठबन्धनको नेतृत्वमा सरकार गठन हुनुपर्छ : मन्त्री कुँवर


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मुलुकको राजनीतिक स्थिरतका लागि सत्ता गठबन्धनको नेतृत्वमा सरकार गठन हुनुपर्ने बताएका छन् ।

समाजवादी प्रेस सङ्गठननिकट पत्रकारहरूसँग आज यहाँ आयोजित अन्तक्र्रियामा मन्त्री कुँवरले संविधान र लोकतन्त्रको रक्षाका लागि वर्तमान गठबन्धनको सरकारको विकल्प नरहेकाले त्यसतर्फ छलफल भइरहेको बताएका हुन् ।

मन्त्री कुँवरले मुलुकमा विशिष्ट परिस्थितिमा गठबन्धन निर्माण भएको बताउँदै त्यसले दुईवटा चुनाव सम्पन्न गरी राजनीतिक अन्योलताको अन्त्य गरेकाले अहिले नै गठबन्धनको विकल्प खोज्न नहुने बताए ।

वामपन्थी एकताका नाममा गठबन्धनबाट नेकपा ९एकीकृत समाजवादी० अलग हुन नहुने भन्दै उनले भने, “तत्कालीन नेकपा ९एमाले०को ज्यादतिका कारण जुन समूहसँग हामीले विद्रोह ग¥यौँ, त्यसको औचित्य पुष्टि नभइकन उनीहरूसँग अहिले एकताको मोर्चा बनाउने अवस्था छैन, उनीहरू सच्चिन जरुरी छ ।”

पाँच जना सदस्यबाट निर्माण भएको कम्युनिष्ट पार्टी लामो मेहेनत र सङ्घर्षले अहिले यहाँसम्म आइपुगेको बताउँदै मन्त्री कुँवरले चुनावमा प्रत्यक्षतर्फ चौथो भएको पार्टी केही प्राविधिक कारणले राष्ट्रिय मान्यता पाउन नसकेको भए पनि कार्यकर्ता आत्तिनुपर्ने तथा निरास हुनुपर्ने अवस्था नरहेको प्रष्ट पारे ।

सरकारले पत्रकार, कलाकार तथा स्वरोजगारमा आवद्ध श्रमिकलाई पनि सामाजिक सुरक्षामा समेट्ने उद्देश्यले यसको दायरा फराकिलो बनाएको उनले जानकारी दिए। प्रत्येक प्रदेशमा १२ जनाको प्रतिनिधित्व हुने गरी सबै प्रदेशबाट मजदुरका केटाकेटीलाई छात्रवृत्तिमा अध्ययनको व्यवस्था मिलाइएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ९ : ५४ बजे

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको