भुवोपर्व औपचारिकतामा सीमित « Khabarhub

भुवोपर्व औपचारिकतामा सीमित


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिका–७ का ९३ वर्षीय डम्बर पाण्डेय १० वर्षअघि बझाङको थलाराबाट महेन्द्रनगर आए । उनलाई बझाङमा हुँदा महिनौसम्म राति अबेरसम्म भुवो खेलेको सम्झना ताजै छ । तर बझाङबाट महेन्द्रनगर आएपछि भने उहाँले न भुवो खेल्न पाए न देख्न नै ।

“पहिलेको भुवो धेरै रमाइलो हुन्थ्यो गाउँघरमा घर–घर गएर खेल्थ्यौँ”, उनले विगत सम्झदै भने, “हामी भुवोमात्रै होइन, त्यसपछि भारी खेल, देउडा खेल राति अबेरसम्म खेल्थ्यौँ, धेरै रमाइलो हुन्थ्यो ।”

उनले पछिल्लो समय खेलिने भुवो पर्वमा पहिलेको जस्तो मौलिकता नभएको बताए ।“अहिले भुवो खेल्ने मान्छेले पनि त्यति रमाइलो गर्न सकेका छैनन् । भुवो खेल्ने मान्छे पाउनै गाह्रो छ”, उनले भने, “अहिले केही युवाहरूले भुवोपर्व बचाउनुपर्छ भनेर एक दिनको कार्यक्रम राख्न थालेका छन् ।”

उहाँले पुस महिनाको औँसीदेखि पूर्णिमासम्म भुवो पर्व खेल्ने प्रचलन रहेको बताए। त्रेतायुगमा पाण्डव र कौरबबीचको लडाइँ सकिएपछि पाण्डव पक्षले जितको खुसीयाली मनाएको दिनदेखि यो पर्व सुरु भएको किंवदन्ती छ ।

खासगरी यो पर्व सुदूरपश्चिम प्रदेशको बझाङ, अछाम, बाजुरा र कर्णाली प्रदेशको केही भागमा मनाउने गरिन्छ । नेपाल एकीकरणका क्रममा बाइसे– चौबीसे राज्यका समयमा खेलिने सैनिक अभ्यास र पौराणिक रामराज्यको गाथा समेटिएको भुवो पर्व सुदूर पहाडमा अझै पनि महत्वका साथ मनाउने गरिन्छ ।

भुवो पर्वको धार्मिक महत्वमात्रै नभई यसको सामाजिक, सांस्कृतिक महत्वसमेत रहेको लक्षिधन अधिकारी बताउँछन् ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ११ : ०२ बजे

कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या एक

झापामा मकै उत्पादनमा ह्रास

झापा– धानपछि दोस्रो खाद्यान्न बालीका रूपमा रहेको मकैखेतीको उत्पादनमा यस

नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति अर्थ समितिको गम्भीर ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति

मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समाजमा विद्यमान  कुसंस्कारले

युरोपमा तीव्र गर्मीको लहर, ९ करोड ५० लाखभन्दा बढी प्रभावित

पेरिस- युरोपमा यस वर्षको ग्रीष्मयाम सुरु भएसँगै देखिएको तीव्र गर्मीको लहरका