भुवोपर्व औपचारिकतामा सीमित « Khabarhub

भुवोपर्व औपचारिकतामा सीमित


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिका–७ का ९३ वर्षीय डम्बर पाण्डेय १० वर्षअघि बझाङको थलाराबाट महेन्द्रनगर आए । उनलाई बझाङमा हुँदा महिनौसम्म राति अबेरसम्म भुवो खेलेको सम्झना ताजै छ । तर बझाङबाट महेन्द्रनगर आएपछि भने उहाँले न भुवो खेल्न पाए न देख्न नै ।

“पहिलेको भुवो धेरै रमाइलो हुन्थ्यो गाउँघरमा घर–घर गएर खेल्थ्यौँ”, उनले विगत सम्झदै भने, “हामी भुवोमात्रै होइन, त्यसपछि भारी खेल, देउडा खेल राति अबेरसम्म खेल्थ्यौँ, धेरै रमाइलो हुन्थ्यो ।”

उनले पछिल्लो समय खेलिने भुवो पर्वमा पहिलेको जस्तो मौलिकता नभएको बताए ।“अहिले भुवो खेल्ने मान्छेले पनि त्यति रमाइलो गर्न सकेका छैनन् । भुवो खेल्ने मान्छे पाउनै गाह्रो छ”, उनले भने, “अहिले केही युवाहरूले भुवोपर्व बचाउनुपर्छ भनेर एक दिनको कार्यक्रम राख्न थालेका छन् ।”

उहाँले पुस महिनाको औँसीदेखि पूर्णिमासम्म भुवो पर्व खेल्ने प्रचलन रहेको बताए। त्रेतायुगमा पाण्डव र कौरबबीचको लडाइँ सकिएपछि पाण्डव पक्षले जितको खुसीयाली मनाएको दिनदेखि यो पर्व सुरु भएको किंवदन्ती छ ।

खासगरी यो पर्व सुदूरपश्चिम प्रदेशको बझाङ, अछाम, बाजुरा र कर्णाली प्रदेशको केही भागमा मनाउने गरिन्छ । नेपाल एकीकरणका क्रममा बाइसे– चौबीसे राज्यका समयमा खेलिने सैनिक अभ्यास र पौराणिक रामराज्यको गाथा समेटिएको भुवो पर्व सुदूर पहाडमा अझै पनि महत्वका साथ मनाउने गरिन्छ ।

भुवो पर्वको धार्मिक महत्वमात्रै नभई यसको सामाजिक, सांस्कृतिक महत्वसमेत रहेको लक्षिधन अधिकारी बताउँछन् ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ११ : ०२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया