दुर्गम गाउँमा गाडी पुग्दा स्थानीय हर्षित « Khabarhub

दुर्गम गाउँमा गाडी पुग्दा स्थानीय हर्षित


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु – छायाँनाथ रारा नगरपालिकाको एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीयवासी हर्षित भएका छन्। छायाँनाथ रारा नगरपालिका-६ लिउडीगाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँका स्थानीयवासी हर्षले गद्गद् भएका हुन्।

कोटिला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकको छ किलोमिटर ट्रयाक खुलेसँगै पहिलोपटक लिउडीगाउँमा गाडी पुगेको थियो।

गाउँमा गाडी पुगेपछि आफूहरूको वर्षौँदेखि गाउँबाट गाडी चढ्ने सपना पूरा भएको स्थानीयवासीले बताएका छन्।

छायाँनाथ रारा नगरपालिकाको रु ६७ लाख लगानीमा सडक निर्माण भएको र उपभोक्ता समितिमार्फत डोजर प्रयोग गरेर सडक निर्माण गरिएको जनाइएको छ।

कोटिला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकको आइतबार छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजङ्ग शाही र उपप्रमुख सुन्तला रोकायाले संयुक्तरूपमा सडकको उद्घाटन गर्नुभएको थियो।

सडक उद्घाटन कार्यक्रममा छायाँनाथका नगरप्रमुख शाहीले चुनावका बेला लिउडीगाउँमा विद्युत् र सडक पुर्याउने वचन दिएकामा कार्यकालको अन्तिममा भए पनि सडक र विद्युत् पुर्याउन सफल भएको बताए।

छायाँनाथ रारा नपाका हरेक बस्तीलाई सडक सञ्जालमा जोड्ने लक्ष्य, उद्देश्यबमोजिम करिब सबै बस्तीमा सडक पुगेको र बाँकी रहेका बस्तीमा वैशाखसम्म जसरी भए पनि सडक पुर्याउने नगरप्रमुख शाहीले बताए।

उनका अनुसार कोटिला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकलाई घट्टलेकसम्म जोडिने र यो सडकलाई नगर रिङरोड बनाइने योजना रहेको सुनाएका छन्।

रिङरोडका रूपमा नगरपालिकाले विकास गरेमा गमगढी-पिना-बालै-कोटिल्ला-मन्दु-घट्टेलेक-रोवा-सोवा-लुम्स-तिर्प-थार्प-रुगा-बाम-सुम्ती-फुली हुँदै पुनः गमगढीमा सडक घुम्ने छ भने सुनात र सुम्लीमा नगरपालिकाले बेलिब्रिज बनाउनुपर्नेछ।

नगरपालिकामा रहेका ८७ गाउँमध्ये अब कम्फा, तिर्प, सुम्ली, मुर्मा, सालिम गाउँमा सडक पुग्न बाँकी छ। रासस

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ७ : २६ बजे

पाकिस्तानमा ७६३ अफगान कैदी रिहा, ३७ सय शरणार्थी स्वदेश फिर्ता

एजेन्सी– पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त

आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत् उत्पादन

‘पार्टी शुद्धीकरण र पुनर्गठन’का लागि एमालेले थाल्यो सुझाव संकलन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण

जिरी–४ का जिरेल महिलालाई नौमती बाजा बजाउने तालिम

दोलखा– जिल्लाको जिरी नगरपालिका–४ मा जिरेल महिला समूहका ११ जना

युद्धविरामकैबीच दक्षिणी लेबनान खाली गर्न इजरायलको चेतावनी

काठमाडौं– इजरायली सेनाले दक्षिणी लेबनानका करिब २० वटा सहर तथा