ओमिक्रोनपछि कोरोना महामारी सकिन्छ भन्नु खतरनाक : डब्लूएचओ « Khabarhub

ओमिक्रोनपछि कोरोना महामारी सकिन्छ भन्नु खतरनाक : डब्लूएचओ

नयाँ भेरियन्ट देखिन सक्ने चेतावनी


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले कोरोनाको उत्परिवर्तित स्वरुप ओमिक्रोन अन्तिम भेरियन्ट हुनसक्ने सोच्नु खतरनाक हुने चेतावनी दिएको छ।

डब्लूएचओका प्रमुख डा. ट्रेडोस एडहनोम गेब्रेसियसले ओमिक्रोन कोरोनाको अन्तिम भेरियन्ट भएको र कोरोना महामारी सकिने चरणमा रहेको सोच्नु खतरनाक हुनसक्ने चेतावनी दिएका हुन्।

उनले कोरोना महामारी कसरी अन्त्य हुन्छ भन्ने बारेमा अलग अलग परिदृश्य रहेको उल्लेख गरे। उनले ओमिक्रोनपछि कोरोना महामारी अन्त्य हुन्छ भन्नु खतरनाक भएको स्पष्ट पारे।

कोरोना महामारी अन्त्य हुन्छ भनिरहँदा कोरोनाको नयाँ भेरियन्ट देखिन सक्ने तर्फ ट्रेडोसले सबैलाई सचेत पनि गराए। उनले कोरोना महामारीले सिर्जना गरेको स्थिती परिवर्तनको लागि महामारी फैलिनुको कारण रोक्न आवश्यक भएको बताए।

सोमबार केही संचार माध्यमले डा. ट्रेडोसको यो भनाइलाई ओमिक्रोन अन्तिम भेरियन्ट भएको भन्दै खबर लेखेका थिए।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ८ : ३६ बजे

पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति

पाल्पा– पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु

हिलो टेकरै त्रिवि मैदानमा खेल हेर्न जाँदै समर्थक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र

समर्थन मूल्यभन्दा सस्तोमा धान बेच्दै दाङका किसान

दाङ- धान भण्डारण गर्ने ठाउँको अभाव र चाडपर्वका लागि खर्च

पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध, पहिरो पन्छ्याइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारनजिकै सीमलधारामा