माओवादी महासचिव दाबी गरेका नेता पुन बिहानै प्रचण्ड निवासमा « Khabarhub

माओवादी महासचिव दाबी गरेका नेता पुन बिहानै प्रचण्ड निवासमा


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दुई महिना लामो उपचारपछि नेपाल फर्किएका नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन मंगलबार बिहानै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन् ।

नेता पुनका सहयोगी सन्तोष पुनका अनुसार मंगलबार बिहानै पत्नी पूर्वसभामुख ओनसरी घर्तीमगरसहित पुन खुमलटार पुगेका हुन् ।

सोमबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनले आफ्नो दाबी पार्टी महासचिवमा रहेको उल्लेख गरेका थिए ।

खुमलटार पुगेका नेता पुनलाई अध्यक्ष प्रचण्डले निवासमा स्वागत गर्दै पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन्।

भर्खरै सम्पन्न माओवादी केन्द्रको आठौं महाधिवेशनले अध्यक्ष र केन्द्रीय समिति चयन गरे पनि पदाधिकारी चयन गर्न सकेको छैन ।

माओवादीभित्र अध्यक्षपछि कार्यकारी मानिएको महासचिव पदमा जनार्दन शर्मासँगै नेता पुनले दाबी गरेका छन् । माओवादीमा अहिलेसम्म पदाधिकारी चयन नहुनु र नेता पुन स्वदेश फर्किए लगत्तै महासचिवको दाबेदारी सार्वजनिक गर्नुलाई महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ९ : ०७ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले