माओवादी महासचिव दाबी गरेका नेता पुन बिहानै प्रचण्ड निवासमा | Khabarhub Khabarhub

माओवादी महासचिव दाबी गरेका नेता पुन बिहानै प्रचण्ड निवासमा


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दुई महिना लामो उपचारपछि नेपाल फर्किएका नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन मंगलबार बिहानै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन् ।

नेता पुनका सहयोगी सन्तोष पुनका अनुसार मंगलबार बिहानै पत्नी पूर्वसभामुख ओनसरी घर्तीमगरसहित पुन खुमलटार पुगेका हुन् ।

सोमबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनले आफ्नो दाबी पार्टी महासचिवमा रहेको उल्लेख गरेका थिए ।

खुमलटार पुगेका नेता पुनलाई अध्यक्ष प्रचण्डले निवासमा स्वागत गर्दै पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन्।

भर्खरै सम्पन्न माओवादी केन्द्रको आठौं महाधिवेशनले अध्यक्ष र केन्द्रीय समिति चयन गरे पनि पदाधिकारी चयन गर्न सकेको छैन ।

माओवादीभित्र अध्यक्षपछि कार्यकारी मानिएको महासचिव पदमा जनार्दन शर्मासँगै नेता पुनले दाबी गरेका छन् । माओवादीमा अहिलेसम्म पदाधिकारी चयन नहुनु र नेता पुन स्वदेश फर्किए लगत्तै महासचिवको दाबेदारी सार्वजनिक गर्नुलाई महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ९ : ०७ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः