आयातबाट ४ अर्ब ३३ करोड राजस्व, निर्यात शून्य « Khabarhub

आयातबाट ४ अर्ब ३३ करोड राजस्व, निर्यात शून्य


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवा भन्सार कार्यालय टिमुरेबाट रु.चार अर्ब ३३ करोड बढी राजस्व संकलन हुँदा निर्यात भने शून्य भएको छ ।

यो चालु आर्थिक वर्षअन्तर्गत गत साउनदेखि पुस मसान्तसम्म रसुवागढी नाकाबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्यांकनबाट प्राप्त राजस्वको आँकडा हो । प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीका अनुसार ६ महिनाको अवधिमा रु.४ अर्ब ३३ करोड ४५ लाख ९ हजार संकलन भएको छ ।

कोभिड संक्रमणको सुरूआतपश्चात चिनियाँ पक्षले दैनिक नौवटा कन्टेनरमार्फत् रसुवागढीको मितेरी पुल छेउमा सामान पुर्याउने गरेको छ । व्यापारी, व्यवसायी र निजी कम्पनीमार्फत् आयात गरिएका सामग्रीमा लाग्ने शुल्कबापतको राजस्व असुली भएको हो ।

चीनतर्फ जाने निर्यात भने शून्य छ । दुई आर्थिक वर्षको राजस्व असुली तुलनात्मकरुपमा हेर्दा यसवर्ष झण्डै साढे दुई गुणाले बढेको छ । गतवर्षको यस अवधिमा रु. एक अर्ब ७२ करोड २४ लाख दुई हजार मात्र असुली भएको थियो ।

साना–ठूला सबै प्रकारका सवारीसाधन, निर्माणाधीन हाइड्रोपावरका उपकरण, स्याउ, ओखर, तयारी पोशाक, जुत्ताचप्पल, बच्चाका खेलौना, रोल कपडा, विद्युतीय सामग्रीजस्ता विविध सामग्री आयात भइरहेको भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

यस वर्षको वार्षिक असुली लक्ष्य भने रु. ६ अर्ब ८१ करोड ११ लाख रहेको छ । सवारीसाधन बढी मात्रामा आयात हुन थालेसँगै राजस्वमा वृद्वि हुन थालेको हो । गत वर्षदेखि हालसम्म जुमक्रेन, टिपर, एम्बुलेन्स, माइक्रोबस, मिनीबस, जीप तथा कारसमेतका एक हजारभन्दा बढी सवारी आयात भइसकेको बताइन्छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि सामान पल्टी गर्दा क्वारेन्टिनमा राखिएका कामदार मात्र मितेरी पुलमा परिचालन गरिएको छ । सामान पल्टी गर्ने स्थल पूरै घेरावाल लगाइ पिपिई लगाएका चालक एवं कामदारका अलावा नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै भन्सार कर्मचारीले मात्र प्रवेश पाउने बताइएको छ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ११ : ०० बजे

आज २०८२ साल पुस ५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ५ गते शनिबार तदनुसार

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको