महोत्तरीमा तीन महिनामा एक सय ५२ दुर्घटना, १४ जनाले गुमाए ज्यान « Khabarhub

महोत्तरीमा तीन महिनामा एक सय ५२ दुर्घटना, १४ जनाले गुमाए ज्यान


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीमा कात्तिकदेखि पुससम्म २१ हजार पाँच सय सवारीसाधन कारबाहीमा परेका छन् ।

पछिल्लो तीन महिनामा ट्राफिक कारबाहीबाट मात्र ८४ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यलय महोत्तरीले जनाएको छ ।

कारबाहीमा पर्नेमा लाइसेन्स तथा कागजपत्र नभएकादेखि दुर्घटनामा संलग्न सवारीसाधनसमेत छन् । यो अवधमिा एक सय ५२ वटा दुर्घटना भए । दुर्घटनामा परी १४ जनाले ज्यान गुमाए भने दुई सय ४२ जना घाइते भए ।

जिल्ला ट्राफिक कार्यालय महोत्तरीका अनुसार ३० पुरुष, चार महिला र दुईजना बालबालिका गम्भीर घाइते बनेका छन् । एक सय ४३ पुरुष, ६१ महिला र ३८ जना बालबालिका सामान्य घाइते भएका थिए ।

दुर्घटना परी मृत्यु हुनेमा सबैभन्दा बढी पुरुष छन् । पछिल्लो तीन महिनामा घाइते हुनेमा भने महिलाको संख्या अधिक छ । यो अवधिमा ६४ जना महिला घाइते भएका छन् ।

प्रहरीले दुर्घटनालाई नै मध्यनजर गरी कात्तिक महिनामा सात, मंसिरमा ४८ र पुसमा ४२ वटा गरी ९७ वटा सचेतनामूलक कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सक्रियता देखाए पनि तथ्यांकले दुर्घटनामा झन् वृद्धि भएको देखाएको छ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  २ : ५६ बजे

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन