पर्वतबाट सुरु भयो ‘ह्यारीकि प्यारी’ « Khabarhub

पर्वतबाट सुरु भयो ‘ह्यारीकि प्यारी’


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्माता, गायक तथा गीतकार डा. भोला रिजाल दुई दशकपछि फिल्म निर्माणमा फर्किएका छन् । उनको लगानी रहेको रोमान्टिक कमेडी जनराको फिल्म ‘ह्यारीकि प्यारी’को पर्वतको भुक देउरालीबाट छायांकन सुरु भएको छ । फिल्ममा डा. भोलाका दन्त चिकित्सक छोरा डा. कपिल रिजालको निर्देशन छ ।

लण्डनमै बसेर अंग्रेजी भाषाका सर्ट फिल्महरु ‘गिल्ट’, ‘साइलेन्स’ र ‘कर्मा’ बनाएका डा. कपिलको यो डेब्यू निर्देशन फिल्म हो । निर्देशक डा. रिजालका अनुसार पर्वतका विभिन्न स्थानमा दुई सातासम्म फिल्मको सुटिङ हुनेछ भने बाँकी सुटिङ काठमाडौंमा गरिनेछ । ‘पर्वत जानुअघि सबै कलाकार तथा प्राविधिकको पिसिआर परिक्षण गरिएको छ र खोप लगाएका कलाकार र प्राविधिकलाई मात्र युनिटमा सहभागी गराइएको छ’, उनले भने । उनले पर्वत पुगेर पनि र्‍यापिड टेष्ट गरी स्वास्थ्य मापदण्ड अपनाएर सुटिङ अघि बढाइएको जानकारी दिए ।

सुटिङ शुरु गर्नुअघि कलाकारद्वय जितु नेपाल र विजय बरालले मुहुर्त सट दिएका थिए । फिल्ममा जितु ह्यारी र साम्राज्ञी राज्य लक्ष्मी शाह उनको प्यारीका रुपमा देखिनेछन् । जितु र साम्राज्ञीका साथमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारले अभिनय गर्दैछन् ।

फिल्म डा. भोला रिजालको बिआर प्रडक्सनको व्यानरमा निर्माण भईरहको छ भने प्रस्तुति डा. कपिल रिजालको रहनेछ । फिल्ममा कथा डा. कपिल रिजाल, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा. कपिल रिजाल र अभिमन्यू निरवी, गीत डा. भोला रिजाल, संगीत शिखर सन्तोष र युग भुषाल, गायन सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशी, कोरियाग्राफी कविराज गहतराज, छायांकन निर्देशन सुदीप बराल र सम्पादन अर्जुन जिसीको रहनेछ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ३ : ५३ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने