चैत दोस्रो साता ‘निफ’ « Khabarhub

चैत दोस्रो साता ‘निफ’


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले वर्षेनी आयोजना गर्दै आइरहेको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को पाँचौ संस्करण आगामी चैत १० देखि १४ गतेसम्म काठमाडौंमा हुने भएको छ । महोत्सवका लागि निफ चलचित्र छनौट समितिले ३८ देशको ८९ वटा फिल्महरु छनोट गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष केपी पाठकका अनुसार अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत फिचर फिल्म, एनिमेटेड फिल्म, वृत्तचित्र फिल्म, सर्ट फिल्म र राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत फिचर फिल्म, वृत्तचित्र र सर्ट फिल्ममा ५५ देशका चार सय बढी फिल्महरुको आवेदन परेको थियो ।

‘विश्वभरीका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नाराका साथ आयोजना हुन लागेको यो संस्करणमा फिल्म संस्कृतिको विकास गर्ने उद्देश्य राखिएको छ । फेस्टिभलमा यो वर्ष नेपाली प्रतिष्पर्धामा पचास हजार नगद पुरस्कारसहितको ‘वेष्ट डकुमेन्ट्री अवार्ड’, अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित ‘गौतमबुद्ध अवार्ड’ तथा अन्तर्राष्ट्रिय फिचर फिल्महरुमध्येबाट एउटालाई ‘आइएफएफएस डन कुइजोट अवार्ड’ प्रदान गरिनेछ ।

यस्तै सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ५ सय डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघुचलचित्रलाई ५ सय डलर राशिको बाग्मती अर्वाड प्रदान गरिनेछ । त्यसैगरी नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई रु. १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्मलाई नगद रु. ५० हजार नगद र ट्रफी, उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी तथा सर्ट फिल्म मध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाँकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ४ : १४ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको