‘मास्टर’को सफलतापछि थलापति विजयले बढाए पारिश्रमिक | Khabarhub Khabarhub

‘मास्टर’को सफलतापछि थलापति विजयले बढाए पारिश्रमिक


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– दक्षिण भारतीय सुपरस्टार थलापति विजयले आफ्नो पछिल्लो फिल्म ‘मास्टर’बाट दर्शकमाझ एउटा भिन्न पहिचान बनाएका छन् । कोभिडको पहिलो लहरपछि सन् २०२१ मा रिलिज यो फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाई गरेको थियो ।

‘मास्टर’पछि सबै दर्शक उनको आगामी फिल्म ‘बिस्ट’को प्रतीक्षा गरिरहेका छन् । समाचारअनुसार यो फिल्ममा विजयले सय करोड रुपैंयाँ पारिश्रमिक लिएका छन् । उनको यो पारिश्रमिक फिल्मको बजेटको आधाभन्दा बढी हो ।

सन् २०२१ को मार्चमा ‘बिस्ट’को घोषणा गरिएको थियो । फिल्मको निर्देशन नेल्सन दिलीपकुमारले गरिरहेका छन् । फिल्ममा विजयसँग प्रमुख भूमिकामा पूजा हेगडेको अभिनय छ । एक्सन थ्रिलरको यो फिल्म यसै वर्षको १४ अप्रिलमा रिलिज हुँदैछ । थलापतिले ‘मास्टर’मा ८० करोड पारिश्रमिक लिएका थिए ।

यद्यपि ‘बीस्ट’का निर्माताले थलापतिको पारिश्रमिक विषयमा पुष्टि गरेका त छैनन् । तर अभिनेताले भने एक पत्रिकासँगको कुराकानीमा आफूले सय करोड पारिश्रमिक लिएको खुलाएका थिए ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ४ : २७ बजे

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिएको

हावाहुरीसँगै परेको चट्याङले एकको मृत्यु, करोडौंको क्षति

उदयपुर– आज बिहानको हावाहुरीले त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोडौँको क्षति भएको

छामछुम समिति : रवि जोखिममा, अरु धरापमा

यो आलेख तयार पार्दासम्म सहकारी क्षेत्रको बेथितिमाथि छानविनका लागि संसदीय

नेप्सेमा देखियो समस्या, केहीबेरमा समाधान हुने 

काठमाडौं–नेपाल स्टक एक्चेञ्जमा समस्या देखिएको छ । नेप्से बन्द हुनु

फेरि सर्‍यो प्रतिनिधिसभा बैठक 

काठमाडौं– सत्तापक्ष र प्रतिपक्षबीच सहकारी ठगी प्रकरण छानबिनका लागि गठन