मन्त्री यादवलाई बर्खास्त गरी कानूनी कारबाही गरियोस् : रञ्जीत कर्ण « Khabarhub

मन्त्री यादवलाई बर्खास्त गरी कानूनी कारबाही गरियोस् : रञ्जीत कर्ण


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता रञ्जीत कर्णले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।

मंगलबार प्रेसनोट जारी गर्दै नेता कर्णले मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक रहेकाले बर्खास्त गरी कानूनी कारबाही अघि बढाउन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आग्रह गरेका हुन् ।

‘जनता समाजवादी पार्टी नेतृ तथा मन्त्री यादवको अभिव्यक्ति भत्सर्नायोग्य र खेदजनक छ, त्यसैले निजमाथि पक्राउ गरी अनुसन्धान प्रक्रिया थाल्न म प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष अनुरोध गर्दछु,’ कर्णले भनेका छन् ।

मन्त्रीको जिम्मेवारीमा रहँदा पालना गर्नुपर्ने सामान्य मर्यादा पालना नगरेको टिप्पणी गर्दै संविधानसभा सदस्य कर्णले मन्त्री पदमा बसेर लोकतान्त्रिक व्यवहार प्रस्तुत गर्न यादवलाई चेतावनी दिएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री यादवले माघ ५ गते बुधबार रौतहटमा आयोजित कार्यक्रममा २०६३ चैत ७ मा भएको गौर नरसंहारकाण्ड दोहोर्‍याउने धम्की दिँदै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको हत्या हुन सक्ने अभिव्यक्ति दिएकी थिइन् ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ६ : ४९ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते