मेरीलिनमाथि इवानले लगाइन् बलात्कारको आरोप « Khabarhub

मेरीलिनमाथि इवानले लगाइन् बलात्कारको आरोप


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(अमर उजाला)– अमेरिकी अभिनेत्री र संगीतकार इवान रेचल वुडले आफूलाई अमेरिकी अभिनेता तथा गायक मेरीलिन मेनसनले बलात्कार गरेको आरोप लगाएकी छन् । अभिनेत्रीले मेरीलिनमाथि सन् २००७ मा खिचिएको म्यूजिक भिडियो ‘हार्ट–शेप्ड ग्लासेस’ को सेटमा बलात्कार गरेको आरोप लगाएकी हुन् ।

इवानले आफ्नो जीवनीमा आधारित एक वृत्तचित्र ‘फीनिक्स काइजिङ’ यो कुराको दाबी गरेकी छन् । यसको प्रिमियर सन् २०२२ को ‘सनडान्स फिल्म फेस्टिभल’मा गरिएको थियो । वृत्तचित्रमा ३४ वर्षीया अभिनेत्रीले ‘सिम्युलेटेड सेक्स दृश्य’को समयमा आफ्नो सहमति बिना नै गलत ढंगले छोएको बताएकी छन् ।

अभिनेत्रीका अनुसार उनलाई यो भिडियो सुट गर्नुअघि एबसिन्थ नामक केही खानेकुरा खुवाइएको थियो । जसकारण उनी बेहोस भएकी थिइन् । ‘म यति पनि होसमा थिइनँ कि ५३ वर्षे अभिनेताले ममाथि हरकतको विरोध गर्न सकुँ । त्यसपछि म कहिल्यै पनि यस्तो गैर पेशावार सेटमा गइनँ’, उनले भनेकी छन् ।

उनले आफूलाई गलत बहानामा एक व्यावसायिक सेक्सका लागि बाध्य बनाइएको दाबी गरिन् । त्यो समय आफूविरुद्ध अपराध गरेर क्यामरामा अनिवार्य रुपले आफूमाथि बलात्कार गरिएको बताएकी छन् ।

इवान र मेरीलिनको सम्बन्ध सन् २००७ मा बाहिर आएको थियो । त्यो समयमा मेरीलिन ३८ वर्षका र वुड केवल १९ वर्षकी मात्र थिइन् । उनीहरु सन् २०१० मा अलग्गिएका थिए ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ८ : ५५ बजे

कुमारी बैंकको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको २५ औँ वार्षिक साधारण सभा काठमाडौंको

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट चुनावी अभियान सुरु

इरानमा हिंसा बढ्दै, संयम हुन ट्रम्पको आग्रह

एजेन्सी– इरानमा पछिल्ला दुई सातादेखि जारी विरोध प्रदर्शनका क्रममा मृत्यु

बैंकबाट लुटिएको पैसा खोज्दा खुर्कोटमा भेटियो शंकास्पद ६० हजार डलर

काठमाडौं- सिन्धुलीको घ्याङ्लेखमा रहेको एसबीआई बैंक लुटपाट भएपछि खोजी कार्यमा

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक सानेपामा