आज २०७८ साल फागुन १३ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०७८ साल फागुन १३ गते शुक्रबारको राशिफल


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ साल फागुन १३ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

फागुन १३ गते शुक्रबार
मेष : दिन राम्रो छ। आमदानी बढ्नेछ। नयाँ कामका बाटोटाहरु खुल्नेछन्। सबै कुरा राम्रो भए पनि तर उत्तरतिरको यात्रा नगर्नुहोला।

वृष : प्रत्यक्ष फल पाउनको लागि बिहान उठेर सूर्यको दर्शन गर्नुहोला। आज शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो नतिजा मिल्नेछ। स्वास्थ्यमा भने समस्या आउने योग रहेको छ।

मिथुन : स्वास्थ्य लाभ हुनेछ। राजनीति र सामाजिक क्षेत्रमा चासो कम हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ। प्रेम बढ्नेछ। आम्दानीभन्दा खर्च बढी हुने भएकाले कार्ययोजना बनाएर मात्र अघि बढ्नु उपलब्धि हुनेछ।

कर्कट : दिन राम्रो छैन। शुभ काम थालनी नगरेको राम्रो। दक्षिणको यात्रा नगर्नुहोला, समस्या पर्ने देखिएको छ। आजको दिन आफै रमाउने प्रयास गर्नुहोला।

सिंह : दिन सामान्य राम्रो छ। अरुले तपाईंबाट आश गर्नेछन्। पठनपाठनमा रुची बढ्नेछ। परीक्षाको तयारीमा हुनुहुन्छ भने फलदायी हुनेछ। स्वास्थ्यमा भने समस्या देखिने छ। खानपानमा ख्याल गर्नुहाला।

कन्या : दिन सामान्य छ। आलश्यता बढ्नेछ। परिवारमा वादविवाद हुनेछ। दीर्घकालीन योजना नबनाउनुहोला। वैदेशिक क्षेत्रमा भने तपाईंको राम्रो छ। श्रम लगानीबाट राम्रो फाइदा हुने दिन परेको छ।

तुला : शत्रु बढ्नेछन्। आयआर्जनमा बाधा छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट भने फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा पनि सफलता मिल्ने योग रहेको छ।

वृश्चिक : शिक्षा, स्वास्थ्य, राजनीति, सामाजिक क्षेत्रहरु यथावत रहेको छ। धन आर्जनमा सन्तोष मिल्नेछ। कर्म क्षेत्रमा भने आफैंले गरेको लगानीले राम्रो प्रगति गर्न सक्ने सम्भावना छ। अरु सबै क्षेत्र यथावत छन्।

धनु : बोलीमा प्रभाव रहनेछ। परोपकारका काममा ध्यान जानेछ। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। आफ्नो काम बन्ने योग रहे पनि प्रयास आफैँले गर्नुपर्नेछ।

मकर : ठूलो योजना नगर्नुहोला। व्यापार व्यवसायमा सन्तोषजनक रहेको छ। वैदेशिक क्षेत्रमा पुरानो लगानी उठ्ने छ। काममा सफलता मिल्नेछ।

कुम्भ : आयआर्जन हुनेछ। अरु क्षेत्र सबै यथास्थितीमा रहेपनि शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट उत्साह मिल्नेछ।

मिन : पराक्रम बढ्नेछ। प्रतिस्पर्धीबाट सहयोग लिन सक्नुहुनेछ। स्वास्थ्यमा समस्या आउने भएकाले खानपानमा ख्याल गर्नुपर्नेछ। शत्रु पराजित हुने भएकाले तपाई सफल बन्नु हुनेछ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ५ : ०१ बजे

बेलायतमा नेपाली विद्यार्थीका समस्या गम्भीर, तत्काल सुधारका उपाय अपनाउन आग्रह

काठमाडौं – बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोगिरहेका समस्या दिनप्रतिदिन गम्भीर

आफैँले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपप्रमुखको मृत्यु

प्यूठान – प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी

भाइरल च्याटबारे सुजन चापागाईंको स्पष्टीकरण : सामाजिक सञ्जालको दुरुपयोग भयो, छानबिन सुरु गरिसकेको छु

काठमाडौं – पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा आफूले विभिन्न महिला

चर्को गर्मीसँगै कञ्चनपुरका चुरे फेदीका बस्तीमा खानेपानीको अभाव

कञ्चनपुर– लगातार बढ्दो गर्मी र लामो समयदेखि वर्षा नहुँदा कञ्चनपुरका