बाडुली रोकिएन ? यसो गर्नुहोस् हराउँछ « Khabarhub

बाडुली रोकिएन ? यसो गर्नुहोस् हराउँछ


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

बाडुली लाग्दा लामो समयसम्म हिक्कहिक्क हुन्छ । यसलाई गाउँघरमा कसैले सम्झेको भन्ने गरिन्छ । तर वैज्ञानिक रूपमा तातो खाने बित्तिकै चिसो खाने वा धेरै खुर्सानी खाने गर्दा बाडुली लाग्छ भन्ने तर्क छ । यसरी लाग्ने बाडुली रोक्न केही घरेलु उपाय छन् ।

– कागती
रक्सी पिएर बाडुली लागेको भए कागती उपयोगी हुन्छ । कागतीको एक चौथाइ टुक्रा काटेर मुखमा हाल्ने र बिस्तारै चपाउने गरे बाडुली हराउँछ ।

– मह
बाडुली लाग्ने बित्तिकै एक चम्चा मह खाँदा आराम हुन्छ ।

– चिसो पानी
बाडुली लाग्दा एक गिलास चिसो पानी पिए पछि ठिक हुन्छ । अझ पानी पिउँदा नाक बन्द गरेमा बाडुली रोकिन्छ ।

– आइस ब्याग
बाडुली रोक्न गर्धनलाई आइस ब्यागमा राख्दा राहत पाउन सकिन्छ ।

– पीनट बटर
पीनट बटर खाँदा पनि बाडुलीबाट राहत मिल्छ । यो खाँदा सास लिने प्रक्रिया प्रभावित हुन्छ जसले बाडुली रोक्छ ।

– घुँडालाई छातीमा राख्दा
बाडुली रोकिएन भने घुँडालाई छातीमा लगेर टाँस्दा मांसपेशीहरूको खुम्च्याइ टाढा भाग्छ ।
पञ्जाब केशरी

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ७ : १९ बजे

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत