रुस-युक्रेन युद्ध : युक्रेनमा रहेका नेपाली सुरक्षित, यथास्थानमा सुरक्षित रहन आग्रह « Khabarhub

रुस-युक्रेन युद्ध : युक्रेनमा रहेका नेपाली सुरक्षित, यथास्थानमा सुरक्षित रहन आग्रह



दोहा – रुसले युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेसँगै युक्रेनमा रहेका नेपालीलाई यथास्थानमा सुरक्षित रहन जर्मनीमा रहेको नेपाली दूतावासले आग्रह गरेको छ ।

दूतावासले एक सूचना जारी गर्दै युक्रेन र रुसबीच विकसित पछिल्लो घटनाक्रमलाई मध्यनजर गर्दै युक्रेनमा रहेका नेपालीहरूलाई तत्कालका लागि यथास्थानमा सुरक्षित रहन आग्रह गरेको हो ।

युक्रेनको नागरिक हवाई क्षेत्र व्यावसायिक उडानका लागि अल्पकालीन रूपमा बन्द भएकाले हवाई मार्गबाट तत्काल युक्रेन छोड्न सम्भव नभएकोले तत्काल यथास्थानमा सुरक्षित रहन अनुरोध गरेको छ ।

दूतावासले संयमता अपनाइ हाल बसोबास गरिरहेको स्थानमा घरभित्रै सुरक्षित रहन, युक्रेन सरकार र सम्बन्धित कलेज, युनिभर्सिटी, कम्पनीद्धारा जारी निर्देशनको पूर्ण पालना गर्न, सम्भव भएसम्म सडक रेलमार्गबाट युक्रेनकै पश्चिमतर्फका बडी सुरक्षित स्थानमा जान भनेको छ ।

राहदानी परिचय पत्र, सवारी चालक अनुमति पत्र, बैंकको कार्ड लगायतका कागजात आफ्नो साथमा राख्न पनि दूतावासले अनुरोध गरेको छ । युक्रेनमा रहेका नेपालीहरूको पछिल्लो अवस्थाबारे बुझ्न दूतावासकी तृतीय सचिव सहारा चौँलागाइँलाई सम्पर्क गर्दा केही बोल्न मानिनन् ।

यता, रुसको मस्कोस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुशील घिमिरेका अनुसार अहिलेसम्म त्यहाँ रहेका सबै नेपालीहरू सुरक्षित रहेको जानकारी दिए ।

‘रुस र युक्रेनबीच तनाव बढिरहेको छ अहिलेसम्म यहाँ रहेका सबै नेपालीहरू सुरक्षित छन् ,’कार्यवाहक राजदूत घिमिरेले खबर हबसँग भने, ‘यहाँ एक हजार २ सय देखि १ एक हजार ५ सयसम्म नेपालीहरू छन् अहिलेसम्म सबैलाई ठिक छ ।’

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ६ : ५० बजे

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

नवलपरासी– यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२

जेन-जी आन्दोलमा झापामा जलेका संरचना निरीक्षण गरेर चुनावी अभियान सुरु गर्दै ओली

काठमाडौं – उम्मेद्वारी दर्ताका लागि झापा पुगेका नेकपा (एमाले)का अध्यक्ष

कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा युवा नेतृत्वको

पत्रकारिता छोडेर ऋषि धमला राजनीतिमा : रौतहट–४ बाट चुनाव लड्दै

काठमाडौं – पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज