रुसको आक्रमणबाट युक्रेनमा १३७ जनाको मृत्यु « Khabarhub

रुसको आक्रमणबाट युक्रेनमा १३७ जनाको मृत्यु


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : रुसी सेनाको आक्रमणबाट युक्रेनमा १ सय ३७ जनाको मृत्यु भएको छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्सकीले रुसले प्रहार गरेको बम, मिसाइल लगायत विष्फोट पदार्थको आक्रमणमा परेका युक्रेनका १ सय ३७ जनाको मृत्यु भएको हो ।

आक्रमणमा परेर ज्यान गुमाउनेमा सैनिक धेरै छन् । केही सर्वसाधारणको पनि मृत्यु भएको बिबिसीले जनाएको छ । रुसले बिहीबार बिहानदेखि आक्रमण तीव्र पारेको छ । युक्रेनले आफ्नो देशको रक्षा गर्ने बताएपछि प्रतिवादमा आक्रमण बुन्न सकेको छैन ।

तर रुसले एकपछि अर्को गरि आक्रमण गरिरहेको छ । रुसको आक्रमणपछि मानिसहरु भागेर छिमेकी देशतर्फ जान हजारौँ लाइन लागेका छन् । राजधानी किभबाट आफ्नो गाडी र कतिपय पैदल हिडेर मानिसहरु देश छाड्न लागिरहेका छन् ।

तर युद्धका कारण मानवअधिकारकर्मी विष्फोट भएका ठाउँमा पुग्न नसकेका कारण मृत्यु भएकाको स्वतन्त्र पुष्टि हुने एकिन संख्या आउन सकेको छैन । साथै युक्रेनी सीमा रक्षक सेवा डीपीएसएले १८ वर्षदेखि ६० वर्ष उमेर समूहका पुरुषलाई सीमाबाट देशबाहिर जान रोक लगाएको छ ।

युक्रेनलाई आक्रमण गरेपछि विश्व शक्ति राष्ट्रले रुसमाथि एकपछि अर्को गरि प्रतिबन्ध लगाएका छन् तर रुसले आक्रमण रोकेको छैन । जसकारण युक्रेनमा अझै ठूलो क्षति हुन सक्ने आकलन गरिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ७ : ३० बजे

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा

गगन र विश्वलाई योगेशको सलाम

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विशेष महाधिवेशन

कांग्रेसको विशेष महाधिवेशनमा २ हजार ६६२ प्रतिनिधि सहभागी

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने प्रतिनिधिहरूको