दोस्रो लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस दौड फागुन २१ गते हुने « Khabarhub

दोस्रो लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस दौड फागुन २१ गते हुने


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा न ३ स्थित सुख्खा बन्दरगाहदेखि लिस्तीकोट हुदै दुगुनागढीसम्म साढे २४ किलोमिटरको माउण्टेन ट्रेल रेस प्रतियोगिता यो वर्ष फागुन २१ गते हुने भएको छ।

ऐतिहासिक क्षेत्रको संरक्षणमा जुटेको नेपाली सेनाले गत वर्षदेखि सिन्धुपाल्चोकको ऐतिहासिक लिस्तिमाई र दुगानागढीको प्रचार प्रसार एवम् संरक्षण गर्ने उद्देश्यले ट्रेल रेसको आयोजना गदै आएको हो ।

नेपाली सेनाको गोरखबक्स गण र भोटेकोशी गाउँपालिकाको आयोजनामा दोस्रो लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस दौड प्रतियोगी तामा देशभरका खेलाडीहरू सहभागिता रहने नेपाली सेना गोरखबक्स गण चौताराका गणपति प्रमुख सेनानी निर्मलकुमार श्रेष्ठले जानकारी दिए । नेपाल तिब्बतबीच पहिलो पटक सन १७८८, दोस्रो पटक १७९२ र तेस्रो पटक सन १९८५ मा भएको युद्धको बेला भोटेकोशी गाउँपालिकाको लिस्तीमाइको दर्शन गरेर नेपाली फौजहरु लडाइमा गएको इतिहासमा उल्लेख छ ।

लिस्तीमाइको दर्शन गरेर दुगनागढीबाटै तिब्बतसँग लडाई लडेकोले दुगानगढीलाई ऐतिहासिक किल्लाको रुपमा लिने गरिएको छ । ऐतिहासिक एवम् सामरिक महत्वको क्षेत्र भए पनि त्यसको संरक्षण र उचित प्रचार प्रसार नभएको भन्दै नेपाली सेनाले यस अघि नै यस्ता ऐतिहासिक क्षेत्रको संरक्षणका लागि विविध कार्य गर्दै आएको छ । ऐतिहासिक महत्त्व बोकेको लिस्तीकोट र दुगानागढीलाई दौडको बाटो मार्फत वर्तमान र भावी पुस्तालाई इतिहासको जानकारी दिने उद्देश्यले गत वर्षबाट प्रतियोगिता आयोजना गरिएको गणपति श्रेष्ठको भनाई छ ।

ट्रेल रेसमा खुला, महिला खुला र सिन्धुपाल्चोक जिल्लावासी गरेर तिन विधा समावेश गरिएको छ । खुला तर्फ पहिलो हुनेले नगद १ लाख १० हजार,दोस्रो ७५ हजार, तेस्रो ५५ हजार, चौथो ४० हजार, पाँचौँ ३० हजार र छैटौँ पुरस्कार नगद २० हजार रुपियाँ रहेको छ । त्यस्तै महिलातर्फ पहिलो हुनेले ६० हजार, दोस्रो ३५ हजार र तेस्रो हुनेले २० हजार रुप‍ैयाँ पाउने छन् ।

जिल्लावासीको लागि भने पहिलो हुनेले नगद ३० हजार, दोस्रो २० र तेस्रो हुनेले १५ हजार पुरस्कार पाउने छन् । ट्रेल रेस प्रतियोगितामा सहभागी हुने खेलाडीहरुले फागुन १९ गतेसम्म दर्ता गरिसक्न सेनाले देशभरका खेलाडीहरूलाई अनुरोध गरेको छ । दर्ता निःशुल्क हुने र सिन्धुपाल्चोकस्थित नेपाली सेनाको चौतारा ब्यारेक, जलेटार ब्यारेक, बाह्रबीसे, झिर्पु र लामोसाँघु ब्यारेकमा दर्ता गर्न सकिने सेनाले जनाएको छ ।

सम्भावित जोखिमलाई मध्य नजर गरी सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले प्रतियोगिताको अवधिभरमा मात्र लागु हुने गरी रु पाँच लाख बराबरको बिमाको व्यवस्था पनि गरिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ९ : ०३ बजे

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल

‘जेन-जीका नाममा मलाई ग्यास च्याम्बरमा हालेजस्तै जलाएर मार्न खोजियो’

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनाको