जम्मू कश्मीर : गुलमर्गमा काश्मीर हस्तशिल्पको उत्कृष्ट प्रदर्शनी  « Khabarhub

जम्मू कश्मीर : गुलमर्गमा काश्मीर हस्तशिल्पको उत्कृष्ट प्रदर्शनी 


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुलमर्ग – जम्मु काश्‍मीरको गुलमर्गमा आइतबारदेखि ‘क्राफ्ट मेला’ को आयोजना गरिएको छ।

कश्मीरको उत्कृष्ट कला र शिल्प प्रदर्शन गर्ने एक अद्वितीय हस्तकला प्रदर्शनी भारतको विकास आयुक्त ह्यान्डलूम्स कार्यालय र हस्तकला तथा ह्यान्डलूम्स कश्मीर निदेशालयले संयुक्त रूपमा आोजना गरेको हो।

निर्देशक हस्तशिल्प र ह्यान्डलूम काश्मिर महमूद अहमद शाहिनले पर्यटन विभाग, गुलमर्ग विकास प्राधिकरण र जम्मु काश्‍मीर केबलकार परियोजनाका अधिकारीहरूको उपस्थितिमा प्रदर्शनीको उद्घाटन गरेका हुन्।

त्यस अवसरमा एच एन्ड एच कश्मीरका निर्देशकले प्रदर्शनीले कारिगरहरूलाई आफ्ना सुन्दर उत्पादनहरू सीधै खरिदकर्ताहरूलाई बेच्नको लागि उपयुक्त मार्केटिङ प्लेटफर्म दिने र गुलमर्ग भ्रमण गर्ने पर्यटकहरूलाई काश्मीरको समृद्ध कला र शिल्पको झलक दृश्यावलोकनको अवसर दिने बताए।

‘हाम्रा दक्ष कारिगरहरूले शताब्दीयौंदेखि यस माध्यमबाट आफ्नो समृद्ध लोकगीतलाई सृजनात्मक अभिव्यक्ति दिँदै आएकाले यस प्रदर्शनीले पारखी र उपभोक्ताको मन जित्ने विश्वास गरेका छौँ,’ निर्देशकले भने।

आगन्तुकहरूलाई आकर्षित गर्न जारी रहेको प्रदर्शनीको विशेष आकर्षण भनेको कात्‍ने, कानीलगायत विभिन्न हस्तकलाको प्रत्यक्ष प्रदर्शनी रहेको छ। पाँच दिनसम्म चल्ने प्रदर्शनीमा काश्मिरका उत्कृष्ट कलाकृति पश्मिना, कानीलगायतका कला प्रदर्शनी हुनेछन्।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  १० : २२ बजे

कोलम्बोको मैदानमा श्रीलंका पराजित, जिम्बाब्वे ६ विकेटले विजयी

काठमाडौं- आईसीसी टी-२० विश्वकप प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न खेलमा जिम्बाब्वेले

अमेरिकाद्वारा आईईए छोड्ने चेतावनी

एजेन्सी– अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटले अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए)बाट

मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण

काठमाडौं– स्कोडाले कायलाकलाई नेपालको चुनौतीपूर्ण र कठिन सडक मार्गहरू मनाङ, ढोरपाटन

जावलाखेल यूथ क्लब २५औं आहा–रारा गोल्डकपको फाइनलमा प्रवेश

काठमाडौं– जावलाखेल यूथ क्लब पोखरामा जारी २५औं आहा रारा पोखरा

सभापति गगनले सार्वजनिक गरे रविले सहकारीको ‘बचत रकम ठगेको’ प्रमाण

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)