श्रम विवादले एक हजार नेपाली ‘केयरगिभर’ इजरायल जान पाएनन् | Khabarhub Khabarhub

श्रम विवादले एक हजार नेपाली ‘केयरगिभर’ इजरायल जान पाएनन्



काठमाडौँ- इजरायलको परराष्ट्र मन्त्रालयका कर्मचारी र ट्रेजरीबीच चलिरहेको श्रम विवादको कारण करिब १,००० नेपाली केयरगिभर (वृद्ध नागरिक तथा अशक्तहरूको हेरचाह गर्ने काम) को भविष्य अन्यौलता परेको छ ।

कर्मचारीहरूले नोभेम्बरमा परराष्ट्र मन्त्रालयका राजदूत र कर्मचारीहरूलाई राम्रो क्षतिपूर्ति र सुविधाहरूको माग राख्दै श्रम विवाद घोषणा गरेका थिए । विवाद र हडतालको कारण नेपाली कामदार इजरायल जान असर्मथ रहेका छन् ।

इजरायलले सन् २०२० मा नेपाल र जर्जियासँग जेरियाट्रिक अस्पताल, नर्सिङ होम र मानसिक स्वास्थ्य सुविधासहित वृद्धाश्रममा काम गर्न अनुमति दिने कामदार ल्याउने सम्झौतामा हस्ताक्षर गरेको थियो। विगतमा नेपाली कामदारहरूलाई निजी म्यानपावरबाट केयरगिभरको रुपमा जाने गरेका थिए ।

वाल्लामा मंगलबार प्रकाशित रिर्पोट अनुसार , विदेश मन्त्रालयले कोरोनाभाइरस प्रतिबन्धहरूलाई बाबजुद अपवाद समितिलाई कामदारहरूको लागि प्रवेश अनुमति प्रदान गर्नका लागि अनुरोध गरेको थियो । तर तथाकथित इटालियन हडतालका कारण अन्यौलता झन बढेको टाइम्स् अफ इजरायलले उल्लेख गरेको छ ।

“उनीहरू आइपुगेको देख्नुको सट्टा, हामी अप्रत्याशित कारणले संस्थानहरूमा ज्येष्ठ नागरिकहरूलाई धेरै आवश्यक पर्ने लगभग १००० जना केयरगिभर कामदारहरूलाई ढिलाइ गरिरहेको देखेर छक्क पर्यौं,“ एज केयर होमहरूको गैर नाफामुखी संस्थाका निर्देशक नाही काट्जले भनिन्।

“हामी आशा गर्छौं कि देश (इजरायल)मा कोहीले उसको होशमा आएर समस्या समाधान गर्यो,“ क्याट्जले वाल्लालाई भनिन्।

इजरायल जेरियाट्रिक संगठनका सीईओ इट्जिक कोहेनले कर्मचारी अभाव “गम्भीर“ अवस्थामा पुगेको छ । क्वारेन्टाइन प्रतिबन्धका कारण काम गर्न नसक्ने व्यक्तिहरूको अवस्था अझ खराब भएको र उत्पन्न श्रम विवादले वृद्धहरुले पाउने हेरचाहको गुणस्तरमा प्रत्यक्ष असर पर्ने उनले भने ।

प्रतिवेदन अनुसार भविष्यमा इजरायलमा थप १,५०० केयरगिभर कामदार आवश्यक परेको छ । परराष्ट्र मन्त्रालय श्रमिक युनियनले परराष्ट्रमन्त्री यायर ल्यापिड र अर्थमन्त्री एभिग्डोर लिबरम्यानलाई श्रम विवाद समाधानका लागि युनियनले प्रस्ताव गरेको छलफलका लागि बैठक नबोलाएको आरोप लगाएको छ ।

युनियनले एक विज्ञप्तिमा भनेको छ, “यो संकटको समाधान कसैले आफ्नो हातमा लिइराखेको त छैन् ?

परराष्ट्र मन्त्रालयका कर्मचारीहरू आफ्नो कामको अवस्थालाई लिएर वर्षौंदेखि श्रम विवादमा छन्, । त्यस्तै, उनीहरु व्यापक र उच्च तहमा प्रायः दबाब दिनको कूटनीतिक भ्रमणहरू सार्दै तथा स्थगित गर्दै आएका छन् ।

कर्मचारीहरुले जर्मन चान्सलर ओलाफ स्कोल्जको अर्को महिना हुने इजरायल भ्रमणको रोक्न सक्ने युनियनले एक विज्ञप्तिमार्फत आशंका गरेको छ ।

(टाइम्स् अफ इजरायल र एजेन्सीको सहयोगमा)

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  १ : २० बजे

रुसमा रहेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै प्रदर्शन

काठमाडौं– रुस–युक्रेन युद्धमा क्रममा मृत्यु तथा घाइते नेपाली युवाका परिवारहरूले

दक्षिण एसियाली कुराँश च्याम्पिन्सिपमा छ जना खेलाडी सहभागी हुँदै

काठमाडौं– प्रथम दक्षिण एसियाली कुराँश च्याम्पिन्सिपमा  ६ खेलाडी सहभागी हुने

रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई

काठमाडौँ– क्रिस्टियानो रोनाल्डोले इटालियन फुटबल क्लब युभेन्टसविरुद्धको कानुनी लडाई जितेका

सुनको मूल्य घट्याे, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

सवारी दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते

कास्की– पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा आठजना चिनियाँ पर्यटक