आन्दोलनका कारण बर्खास्त गरिएका कर्मचारीलाई सम्मान « Khabarhub

आन्दोलनका कारण बर्खास्त गरिएका कर्मचारीलाई सम्मान


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– तीन दशकअघि खोटाङमा भएको कर्मचारी आन्दोलनमा सहभागी हुँदा जागिरबाट निकालिएका चार कर्मचारीलाई सम्मान गरिएको छ ।

२०४८ साउन १५ मा नेपाल निजामती कर्मचारी संगठनले दिक्तेलमा सरकारविरुद्ध निकालेको जुलुसमा सहभागी भएपछि उनीहरूलाई जागिरबाट निकालिएको थियो ।

बर्खास्तीमा परेका नासु रामकाजी खत्री, चन्द्रप्रसाद आचार्य, रामविक्रम थापा र चित्रकुमार बजिमयलाई शुक्रबार सम्मान गरिएको छ ।

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति खोटाङको ११ औँ जिल्ला अधिवेशन उद्घाटनको अवसरमा उनीहरूलाई संगठनका केन्द्रीय सहसंयोजक लेखनाथ कोइराला र प्रदेश १ की पूर्वसामाजिक विकासमन्त्री उषाकला राईले खादा ओढाएर सम्मानपत्रसहित सम्मान गरेका हुन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ५ : ०४ बजे

‘जिब्रो छेड्ने जात्रा’ : रहस्यमय लाग्ने परम्पराको वास्तविक अर्थ के हो ?

नेपालको सांस्कृतिक सम्पदामध्ये सबैभन्दा अनौठो र विश्वमै कमै देखिने परम्परा

अमेरिका-इरान वार्तामा सहमति जुट्न सकेन

इस्लामावाद – पाकिस्तानको राजधानी इस्लामावादमा जारी अमेरिका र इरानबीचको ऐतिहासिक

एक वर्षमा सात हजार ६४८ विपद्का घटना, आगलागी सबैभन्दा बढी

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक

आज वनस्पति दिवस मनाइँदै, हरित अर्थतन्त्रको विकासमा जोड

काठमाडौँ– ‘समृद्धिका लागि वनस्पति’ नारासहित आज देशका विभिन्न भागमा २७औँ

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ– दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ ।