सुत्केरीका घरघरमा कोसेली | Khabarhub Khabarhub

सुत्केरीका घरघरमा कोसेली


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ- ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाकाले सञ्चालन गरेको ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम प्रभावकारी भएको छ ।

गाउँपालिकाले गत वर्षदेखि गर्भवती तथा सुत्केरीलाई लक्षित गरेर ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम सञ्चालनमा ल्याएको हो । सो कार्यक्रमअन्तर्गत गाउँपालिकाका उपाध्यक्ष रनमाया गुरुङले खाद्यान्न, पौष्टिक आहारसहित कोसेली लिएर सुत्केरीको घरघरमा पुग्ने गरेको छ । “पालिकामा एक सयभन्दा बढी गर्भवती हुन सक्छन् । उनीहरु सबैको घरमा पुग्दा हौसला त हुन्छ नै”, उनले भने, “घरपरिवारमा उनीहरुलाई सुत्केरीका बेलामा थप हेरचाह र सहयोग हुनुपर्ने सन्देश पनि प्रवाह गर्ने गरेका छौं ।”

कार्यक्रम गाउँपालिकाका सुत्केरीलाई भेट गर्ने अवसरका रुपमा मात्र नभएर सुत्केरीलाई पौष्टिक खानेकुरा खुवाउनुपर्ने र आवश्यक हेरचाह गर्नुपर्ने सन्देश समेत प्रवाह भएको उपाध्यक्ष गुरुङको भनाइ छ । कार्यक्रमअन्तर्गत प्रत्येक सुत्केरीलाई चार किलोग्राम चनामटर, एक किलोग्राम हर्लिक्ससहित स्वास्थ्य सामग्री र नवजात शिशुका लागि न्यानो कपडा तथा सुत्केरीका लागि साबुन, नङ काट्ने, प्याड र भित्र फेर्ने कपडा सुत्केरी भएको २० दिनभित्र उनीहरुको घरघरमा पु¥याउँदै आएको उनले बताए ।

चालु आर्थिक वर्षको अहिलेसम्म १०४ सुत्केरीको घरमा पुगेर कोसेली उपलब्ध गराइसकेको छ । पाथीभरा याङ्वरक गाउँपालिका–१ मा ३३ सुत्केरीको घरमा पुगेर कोसेली उपलब्ध गराइएको बताइएको छ । त्यस्तै वडा नं २ मा ३३, वडा नं ४ मा १५, वडा नं ५ मा सात र वडा नं ६ मा १६ सुत्केरीको घरमा कोसेली पु-याइसकिएको उपाध्यक्ष गुरुङले बताए। “कोसेलीसँगै स्वास्थ्यकर्मी लिएर आजदेखि वडा नं २ का सुत्केरीका घरमा जाने तयारीमा छु”, उनले भने।

स्वास्थ्यचौकीमा स्वास्थ्य चेकजाँच तथा सुरक्षितरुपमा प्रसूति गराउने उद्देश्यले कार्यक्रम सुरुआत गरेको उपाध्क्ष गुरुङले बताए । सुत्केरी भएकाको घरघरमा पुगेर सामग्री वितरण तथा सुरक्षित प्रसूतिबारे जनचेतना जगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको पाथीभरा याङ्वरक गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र लिम्बूले बताए । सुरक्षित प्रसूति र स्वास्थ्य सन्देशसहित सामग्री वितरण भएको उनको भनाइ छ ।

प्रसूति खर्चबापत नेपाल सरकारले उपलब्ध गराउँदै आएको बाहेक थप रु एक हजार गाउँपालिकाले प्रदान गरेको प्रमुख लिम्बूले बताए । गाउँपालिकाको प्रत्येक वडामा दुई–दुई महिनामा गर्भवती महिलाको स्वास्थ्य परीक्षणको लागि भिडियो एक्सरे शिविर सञ्चालन गर्दै आएको उनको भनाइ छ । स्वास्थ्य परीक्षणपछि थप उपचारका लागि गाउँपालिकाभन्दा बाहिर जानुप-यो भने प्रतिसुत्केरी रु पाँच हजारको दरले उपलब्ध गराउँदै आएको गाउँपालिकाले जनाएको छ । गत वर्ष सोही कार्यक्रममार्फत ७८ सुत्केरीको घर पुगेर कोसेली पु-याउनुभएको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ५ : ४० बजे

प्रचण्डले माधव र विप्लवलाई एकताको कार्ड फ्याँकेलगत्तै समाजवादी मोर्चाको बैठक

काठमाडौं- नेकपा माओवादी केन्द्र नेतृत्वमा रहेको प्रतिपक्षी दलहरू संलग्न समाजवादी

नाग दोषबाट मुक्ति मिल्ने विश्वासको तीर्थस्थल कमलपोखरी

गण्डकी– पोखरा महानगरपालिका–१३ कुँडहरस्थित कमलपोखरीले नागजन्य दोषबाट मुक्ति मिल्ने तीर्थस्थलका

नागरिक उड्डयन प्राधिकरण विभाजन हुँदै

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजनसम्बन्धी विधेयक सङ्घीय संसद्को चालु

एमालेभित्रका माओवादीको कन्तबिजोक !

काठमाडौँ – नेपालका दुई प्रमुख कम्युनिष्ट दलहरू नेकपा (एमाले) र

काँकडभिट्टा-लौकही सडकखण्ड स्तरोन्नतिमा ढिलाइ

भद्रपुर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वमा  झापाको काँकडभिट्टादेखि पश्चिम सुनसरी लौकही सडकखण्ड स्तरोन्नतिमा