राप्रपा नेपालबाट संगठन विस्तार कार्यलाई तीव्रता « Khabarhub

राप्रपा नेपालबाट संगठन विस्तार कार्यलाई तीव्रता


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले चार वटा जिल्लाको नेतृत्व चयन गरेको छ ।

कमल थापा नेतृत्वको राप्रपा नेपालले विभिन्न जिल्लामा संयोजक तोकेर संगठन विस्तारलाई तीव्रता दिएको हो ।

शुक्रबार राप्रपा नेपालले कास्की जिल्ला कार्य समिति गठन गरेको छ । शिवकुमार बाँस्तोलाको अध्यक्षतामा कास्कीमा राप्रपा नेपालले २५ सदस्यीय कार्य समिति गठन गरेको हो ।

त्यस्तै राप्रपा नेपालले बाँके जिल्ला संयोजक पनि तोकेको छ । दीपेन्द्रबहादुर सिंहको नेतृत्वमा बाँकेमा समिति गठन गरिएको हो । हुम्लाले पनि राप्रपा नेपालको नेतृत्व पाएको छ । हुम्ला संयोजकमा सुमन रावत चयन भएका छन् । त्यसैगरी, चितवन जिल्ला संयोजकको जिम्मेवारी विष्णु खराललाई दिइएको छ ।

अन्य जिल्लामा पनि चाँडै जिल्ला कार्य समिति विस्तार गर्ने राप्रपा नेपालले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ५ : ५२ बजे

अध्यक्ष ओली पक्राउ परेपछि एमालेको आकस्मिक सचिवालय बैठक आह्वान

काठमाडौँ– नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ । पार्टी

ओली-लेखक पक्राउबारे नीलाम्बर आचार्य भन्छन् : प्रतिशोध र धरपकडले भलो गर्दैन

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ

ओली–लेखक पक्राउबारे संविधानविद् आचार्य भन्छन्– प्रतिशोध र धरपकडले भलो गर्दैन

काठमाडौँ– संविधानविद् एवं भारतका लागि पूर्वराजदूत निलाम्बर आचार्यले प्रतिशोध र

ओली-लेखक पक्राउबारे कमल थापा : सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्यो

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल