लमजुङमा १२३ मतदानस्थल « Khabarhub

लमजुङमा १२३ मतदानस्थल


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि लमजुङमा १२३ मतदानस्थल तय गरिएको छ । चार नगरपालिका र चार गाउँपालिकामा उक्त सङ्ख्यामा मतदानस्थल तय गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रका अनुसार चार नगरपालिकामा ६७ मतदानस्थल र चार गाउँपालिकामा ५६ मतदातस्थल तोकिएको छ । यीमध्ये नगरपालिकातर्फ मध्य नेपालमा १८, सुन्दरबजारमा १६, राइनासमा १२ र बेँसीसहरमा २१ वटा मतदानस्थल रहेको छ ।

त्यस्तै गाउँपालिकातर्फ दूधपोखरी र क्व्होलासोथरमा १०÷१०, दोर्दीमा १६ र मस्र्याङ्दीमा २० मतदानस्थल रहेकोे जनाइएको छ । कार्यालयले स्थानीय तहको चुनावका लागि तयारी अघि बढाउँदै लगेको छ । जिल्ला निर्वाचन अधिकारी मिश्रले भने, “यही फागुन २० देखि २६ गतेसम्म दाबी विरोध कार्यक्रम वडावडामा हुनेछ । २० देखि २४ गतेसम्म नाम हटाउने, सच्याउने, उजुरी दिन पाइनेछन् भने २५ र २६ गते आन्तरिक काम गरेर २६ गते निर्वाचन आयोगमा पठाइने छ ।”

अघिल्लो निर्वाचन अर्थात् विसं २०७४ वैशाख ३१ गते भएको निर्वाचनमा जिल्लामा कूल एक लाख पाँच हजार ९९२ मतदाता थिए । विसं २०७७ पुस ५मा प्रकाशित नामावालीमा एक लाख २२ हजार ८०६ जना रहेकामा सङ्ख्या बढ्दै जाने क्रममा अहिले नौ हजार ६६० मतदाता थपिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ६ : १७ बजे

गृहमन्त्री गुरुङ मध्यरातमा भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण

चितवन – गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुर पुगेका छन्।

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो

एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर