एससीसी सम्झौताबाट आउनेमध्ये ३० अर्ब एनजीओ आईएनजीओलाई बाँडिनेछ : झलनाथ खनाल « Khabarhub

एससीसी सम्झौताबाट आउनेमध्ये ३० अर्ब एनजीओ आईएनजीओलाई बाँडिनेछ : झलनाथ खनाल


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसी सम्झौताबाट आउनेमध्ये ३० अर्ब रुपैयाँ एनजीओ र आईएनजीओेलाई वितरण गर्ने उल्लेख रहेको दाबी गरेका छन् ।

कमलादीस्थित प्रज्ञा भवन परिसरमा शुक्रबार आयोजित एमसीसीविरुद्ध खबरदारी कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसी सम्झौताबाट करिब ७० अर्ब रुपैयाँ आउने र यसमध्ये ३० अर्ब नेपालमा रहेका गैरसरकारी र अन्तर्राष्ट्रिय सरकारी संस्थालाई बाँड्ने उल्लेख रहेको दाबी गरेका हुन् ।

अमेरिकाको इच्छाअनुसार नेपालमा रहेका एनजीओ र आईएनजीओलाई ३० अर्ब बाँडिने सम्झौतामा उल्लेख रहेको भन्दै उनले भने, ‘सम्झौताबाट करिब ७० अर्ब आउने भनिएको छ । त्यसमध्ये ४० अर्ब ट्रान्समिसन लाइन र सडक निर्माणमा खर्च गरिने र बाँकी ३० अर्ब यहाँका एनजीओ र आईएनजीओलाई दिने भनिएको छ । एमसीसीको इच्छामा दिने भनिएको छ ।’

एमसीसी सम्झौतामा सर्तैसर्त रहेको र यो राष्ट्रहितविपरीत रहेको उनको दाबी छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ६ : ३३ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल