एमसीसी अघि बढाउने कम्युनिष्ट, अहिले बखेडा झिक्ने पनि कम्युनिष्टः आङ्देम्बे | Khabarhub Khabarhub

एमसीसी अघि बढाउने कम्युनिष्ट, अहिले बखेडा झिक्ने पनि कम्युनिष्टः आङ्देम्बे


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले कम्युनिष्टहरूले अघि बढाएको एमसीसीमा अहिले उनीहरूले नै बखेडा झिकेको आरोप लगाएका छन् ।

शुक्रबार नेपाली काँग्रेस धनकुटाले गरेको अगुवा कार्यकर्ता भेलामा सहमहामन्त्री आङ्देम्बेले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई र एमाले अध्यक्ष केपी ओलीले आफू प्रधानमन्त्री हुँदा आवश्यकता छ भनेर अघि बढाएको एमसीसीमा अहिले बखेडा झिकेको आरोप लगाएका हुन् ।

उनले अघिल्लो सरकारले संसदमा पेस गरेको एमसीसी वर्तमान सरकारले टेबल गरेको बताए ।

सहमहामन्त्री आङ्देम्बेले कम्युनिष्टले अघि बढाएको एमसीसीलाई अहिले उनीहरूले नै राष्ट्रघाती भन्न थालेको आरोप लगाए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ८ : १० बजे

सिरहामा भन्सार छलीका सामानसहित गाडी नियन्त्रण

सिरहा– सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गण  सिरहा अन्तर्गतको

ट्रम्प- पुटिन-जेलेन्स्की वार्ता हङ्गेरीको बुडापेस्टमा हुने चर्चा

वाशिङ्टन- रुस र युक्रेनबीच नयाँ शान्ति वार्ताको पहल सुरु भएको

हात्ती धपाउन जोखिम मोलेर विद्युतीय घेराबारा

झापा– मेचीनगर नगरपालिका–११ का शान्तिराम चिमरियाले जंगली हात्ती नपसोस् भनेर

जब शिक्षकले नै ब्यानर टेक्दै हिँडे… (तस्बिरहरू)

काठमाडौं- विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै

जनताका पक्षमा काम गर्न सरकार क्रियाशील : मन्त्री पौडेल

सुदूरपश्चिम– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले वर्तमान सरकार जनताका पक्षमा