बालकोट बैठक निष्कर्षविहीन, ओलीले भने– पहिला संसद् प्रवेशको बाटो तयार पार्नुस् « Khabarhub

बालकोट बैठक निष्कर्षविहीन, ओलीले भने– पहिला संसद् प्रवेशको बाटो तयार पार्नुस्


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेस र नेकपा एमालेबीचको बैठक बिनानिष्कर्ष सकिएको छ ।

शुक्रबार साँझ ओली निवास बालकोटमा नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरूबीच भएको बैठक निष्कर्षविहीन बनेको हो ।

छलफललाई फेरि पनि निरन्तता दिने भन्दै बैठक टुंगिएको छ ।

बैठकमा नेकपा एमाले अध्यक्ष ओलीले पुरानै अडान राखेका छन् ।

उनले १४ जना सांसद्लाई गरिएको कारबाही सभामुखले कार्यान्वयन गरे मात्र अन्य विषयमा छलफल र विचार गर्न सकिने बताएका हुन् ।

अध्यक्ष ओलीले आफूहरूका माग सम्बोधन गरेर संसद् प्रवेशको बाटो खोलिदिन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

ओलीले नेपाली काँग्रेस र नेकपा एमाले लोकतन्त्रको यात्राका सहयात्री भएकाले एक ठाउँमा रहनुपर्नेमा जोड दिएको प्रवक्ता कार्कीले बताए ।

बैठकपछि एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले प्रधानमन्त्री देउवाले अलिकति फराकिलो ढंगले लोकतन्त्रका लागि लडेका शक्ति मिल्नुपर्ने संकेत गरेको बताए । तर, काँग्रेसबाट सहमतिका लागि कुनै ठोस प्रस्ताव नआएको उनको भनाइ छ ।

ज्ञवाली भने, ‘लोकतन्त्रका निम्ति लडेका नेकपा एमाले र काँग्रेसका बीचमा केही समझदारी चाहिन्छ । त्यो समझदारी कसरी हुन सक्छ । अराजक र अस्थिर खालका पात्रले देशलाई प्रदूषित पारिरहेका थिए भन्ने विषयमा छलफल भएको छ । यसमा बाह्य देशसँगको सम्बन्धका कुरा पनि भएकाले एमाले अनिर्णित रहन मिल्दैन ।’

उनले एमालेका माग पूरा नगरे ‘अर्ली इलेक्सन’ जान सुझाव दिइएको बताए ।

बैठकमा प्रधानमन्त्री देउवाले सबैको सहमतिमा एमसीसीलाई प्रतिनिधिसभाबाट अनुमोदन गर्नुपर्ने भन्दै सहयोग गर्न ओलीसँग आग्रह गरेका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ९ : १३ बजे

कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनियुक्त कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरणमन्त्री गीता

गृहमन्त्रीलाई बधाई दिन मन्त्रालयमै पुगे सहिद परिवार र जेन-जी घाइते

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् ।

बहराइन र यूएई होटलमा अमेरिकी सैनिकको उपस्थिति : इरानको कडा प्रतिक्रिया

तेहरान- इरानले बहराइन र संयुक्त अरब इमिरेट्स (यूएई) का होटल

बालेन मन्त्रिपरिषद् : कुन मन्त्रीलाई कुन वरीयता ?

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको मन्त्रिपरिषद्को सूची राष्ट्रपति

लाङटाङ क्षेत्र गएको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं- रसुवाको लाङटाङ क्षेत्रमा गएको मुस्ताङ एयरको एउटा हेलिकप्टर शुक्रबार