‘नेपाली पात्रो’को प्रमुख कार्यकारी अधिृकतमा देवकोटा नियुक्त « Khabarhub

‘नेपाली पात्रो’को प्रमुख कार्यकारी अधिृकतमा देवकोटा नियुक्त


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको प्रथम मोबाइल एप्लिकेशन ‘नेपाली पात्रो’ को प्रमुख कार्यकारी अधिकृतमा सन्तोषकुमार देवकोटा नियुक्त भएका छन् ।

देवकोटा डिजिटल मिडिया तथा स्मार्ट कम्युनिटी प्लाटफर्ममा विगत एक दशकदेखि सक्रिय रहेका छन् ।

२०५६ साल वीरगञ्जबाट प्रकाशित हुने ‘सार्थक साप्ताहिक’ बाट सञ्चार जगतमा प्रवेश गरेका देवकोटाले मध्य तराईको पहिलो एफएम ‘रेडियो वीरगञ्ज ९९ मेगाहर्ज’ मा विद्युतीय सञ्चारको लामो अनुभव संगालेका छन् ।

उनी रेडियोको अग्रणी संस्था ‘इक्वल एक्सेस नेपाल’ मा रेडियो नेटवर्क व्यवस्थापन तथा रेडियो कभरेज नक्सांकन विज्ञका रूपमा पनि छवि बनाएका छन् ।
देवकोटाले फेब्रुअरी १३ तारिख २०२२ ‘विश्व रेडियो दिवसका दिन ‘नेपाली पात्रो’ को प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका हुन् ।

२०६३ साल सर्वप्रथम Facebook App मार्फत सार्वजनिक भएको ‘नेपाली पात्रो’ २०६६ मा गुगलको PlayStore मार्फत Android तथा Apple प्रयोगकर्ताहरूका लागि AppStore मार्फत् सार्वजनिक गरिएको थियो ।

नेपाली पात्रोको एप्लिेकेशनबाट मौलिक चाडपर्व, तिथि–मिति, पञ्चाङ, उत्सव तथा सांस्कृतिक गतिविधिका साथै भिडियो, रेडियो, कुण्डली, दैनिक विदेशी मुद्राको विनिमय दर, सुन चाँदीको दैनिक दररेट, मौसमलगायतबारे जानकारी लिन सकिन्छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  १० : ०९ बजे

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट