बहालवाला न्यायाधीशमाथि अख्तियारले मुद्दा चलाउन नपाउने सर्वोच्चको ठहर « Khabarhub

बहालवाला न्यायाधीशमाथि अख्तियारले मुद्दा चलाउन नपाउने सर्वोच्चको ठहर


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले बहालवाला न्यायाधीशमाथि अख्तियारले मुद्दा चलाउन नपाउने ठहर गरेको छ ।

सर्वोच्चले अनुसन्धान र अभियोजन गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नभएको ठहर गरेको हो ।

भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका न्यायाधीश विनोदकुमार गौतमको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो भनेको छ ।
ललिता निवास प्रकरणमा मुछिएपछि गौतम निलम्बन परेका छन् ।

फागुन १२ गते न्यायाधीश आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको पूर्ण इजलासले बहालवाला न्यायाधीशमाथि अनुसन्धान र अभियोजन गर्ने अधिकार अख्तियारलाई नभएको फैसला गरेको छ । साथै, गौतमलाई न्यायपरिषद् पठाउनुपर्नेमा अख्तियार आफैले मुद्दा चलाएको भन्दै उनीमाथि लागेको भ्रष्टाचारको मुद्दा खारेज हुने फैसला गरेको छ ।

ललिता निवासको जग्गा व्यक्ति विशेषको नाममा नामसारी गर्ने कार्यमा भूमिका निर्वाह गरेको भन्दै अख्तियारले २०७६ माघ २२ गते १६५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । जसमा चितवनका तत्कालीन जिल्ला न्यायाधीश गौतम पनि मुछिएका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ११ : २४ बजे

गृहमन्त्री गुरुङ मध्यरातमा भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण

चितवन – गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुर पुगेका छन्।

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो

एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर