कान्तिपुर डेन्टलका नक्कली चिकित्सक दुई वर्षपछि पक्राउ « Khabarhub

कान्तिपुर डेन्टलका नक्कली चिकित्सक दुई वर्षपछि पक्राउ


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरीको बर्दिबासस्थित कान्तिपुर डेन्टलका सञ्चालक दिलीप भनिने संजयकुमार महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

उपचार सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत महोत्तरीले पक्राउ पुर्जी जारी गरेपछि २ वर्षदेखि फरार रहेका महतो बिहीबार पक्राउ परेका हुन् ।

कान्तिपुर डेन्टलका सञ्चालक रहेका महतोले मिथिला नगरपालिका बस्ने रानी सिंह महतोको दाँतको उपचारमा संलग्न हुँदा मृत्यु भएको आरोप छ ।

चिकित्सक ज्ञान तथा प्रमाणपत्रबिना नै रानी सिंहको दाँत उखेल्दा मृत्यु भएको भन्दै मृतकका आफन्तले २०७६ मा नै महतोविरुद्ध जाहेरी दिएका थिए ।

चिकित्सा सम्बन्धी कुनै ज्ञानविना नै रानी सिंहको ८ चैत २०७६ मा ६ वटा दाँत उखलेको पीडितको आरोप छ । दाँत उखेलिसकेपछि अत्यधिक रक्तस्राव हुँदा रानी सिंहलाई जनकपुर लगिएको थियो ।  प्रादेशिक अस्पताल जनकपुरमा अत्यधिक रक्तस्रावकै कारण सिंहको मृत्यु भएको चिकित्सकहरूले घोषणा गरेका थिए ।

अनुसन्धानका लागि प्रहरीले बुझ्न खोज्दा आरोपित महतो उपस्थित नभएपछि जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । फरार सूचीमा रहेका महतोलाई इलाका प्रहरी कार्यालय बर्दिबासले पक्राउ गरेको हो ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ६ : ५५ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख