काठमाडौँ – विश्वकप प्लेअफमा वेल्स फिफा विश्वकप २०२२ अन्तरगतको प्ले अफको फाइनलमा पुग्न सफल भएको छ।
कार्डिफ सिटीमा बिहीबार राति भएको खेलमा वेल्सले अष्ट्रियालाई २-१ ले पराजित गर्दै वेल्स विश्वकपको छनोट नजिक पुगेको हो।
ग्यारेथ बेलले खेलको २५औं मिनेट र ५१औं मिनेटमा गोल गरेका थिए। ६४औं मिनेटमा अष्ट्रियाका मार्सल सवित्जरले फर्काएका थिए।
अर्को खेलमा स्विडेनले चेक रिपब्लिकलाई पराजित गर्दै प्लेअफको फाइनलमा स्थान बनायो। अतिरिक्त समयमा चेक रिपब्लिकलाई १-० ले पराजित गर्दै स्वीडेनले फाइनल यात्रा तय गरेको थियो। स्वीडेनको जितमा रोविन क्वाइसनले ११०औं मिनेटमा गोल गरेका थिए।
अब प्ले अफको फाइनलमा पोल्यान्ड र स्वीडेन, पोर्चुगल र नर्थ म्यासेडोनिया तथा वेल्स र स्कटल्यान्ड र युक्रेनबीचको विजेताबीच प्रतिस्पर्धा हुने छ। युक्रेन र स्कटल्यान्ड बिचको खेल भने हुन सकेको छैन।
प्रतिक्रिया