काठमाडौँमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ हुने « Khabarhub

काठमाडौँमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ हुने


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ हुने भएको छ ।

आयोजक संस्था डीएआर मुभिजले विज्ञप्ति जारी गर्दै टुँडिखेलमा चैत २५ देखि ३० सम्म राष्ट्रिय लोक दोहोरी महोत्सव हुने जानकारी दिएको हो ।

नेपाली कला, संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवर्द्धनका लागि महोत्सव गर्न लागेको पनि आयोजकले जनाएको छ ।

‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ (प्रतियोगितासहितको सांस्कृतिक मौलिक मेला) लाई दश लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको विश्वास छ ।

कार्यक्रमहरू दर्शकले निःशुल्क अवलोकन गर्न पाउने छन् ।

सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गीतका प्रतिष्ठित कलाकारहरूको सहभागिता रहनेछ ।

प्रतियोगितामा प्रथम हुनेले ५ लाख, दोश्रो हुनेले ३ लाख, तेस्रो हुनेले २ लाखसँगै मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ३ : ११ बजे

तमु ल्होसारले सद्भावलाई थप प्रगाढ बनाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले तमु ल्होसारले परस्पर आत्मियता, भाइचारा, मेलमिलाप

नेपालगञ्ज भन्सारबाट पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

बाँके– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

संस्कृतिले राष्ट्रिय एकताको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउँछ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मौलिक पर्वले

ट्याङ्कर दुर्घटना हुँदा महेन्द्र राजमार्ग अवरुद्ध

रौतहट– पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुल नजिक आज

व्यक्तिगत लाभभन्दा माथि उठेर रास्वपासँग एकता : कुलमान

काठमाडौं – कुलमान घिसिङले व्यक्तिगत लाभमन्दा माथि उठेर उज्यालो नेपाल