काठमाडौँमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ हुने « Khabarhub

काठमाडौँमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ हुने


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ हुने भएको छ ।

आयोजक संस्था डीएआर मुभिजले विज्ञप्ति जारी गर्दै टुँडिखेलमा चैत २५ देखि ३० सम्म राष्ट्रिय लोक दोहोरी महोत्सव हुने जानकारी दिएको हो ।

नेपाली कला, संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवर्द्धनका लागि महोत्सव गर्न लागेको पनि आयोजकले जनाएको छ ।

‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ (प्रतियोगितासहितको सांस्कृतिक मौलिक मेला) लाई दश लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको विश्वास छ ।

कार्यक्रमहरू दर्शकले निःशुल्क अवलोकन गर्न पाउने छन् ।

सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गीतका प्रतिष्ठित कलाकारहरूको सहभागिता रहनेछ ।

प्रतियोगितामा प्रथम हुनेले ५ लाख, दोश्रो हुनेले ३ लाख, तेस्रो हुनेले २ लाखसँगै मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ३ : ११ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल चैत ५ गते बिहीबार चैत

आज २०८२ साल चैत ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ५ गते बिहीबार चैत

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि