उत्तर प्रदेशमा दोश्रो कार्यकालका लागि योगीको सपथ « Khabarhub

उत्तर प्रदेशमा दोश्रो कार्यकालका लागि योगीको सपथ


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– योगी आदित्यनाथले उत्तर प्रदेशमा मुख्यमन्त्रीको दोश्रो कार्यकालको सपथ ग्रहण गरेका छन् । राजधानी लखनउमा आयोजिग भव्य समारोहबीच उनले सपथ ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीसहित, गृहमन्त्री अमित शाह, राजनाथ सिंह, भारतीय जनता पार्टी भाजपाका अध्यक्ष जेपी नड्डासहितका नेताहरुको उपस्थितीमा उत्तर प्रदेशकी गभर्नर आनन्दीबेन पटेलले योगीलाई सपथ ग्रहण गराएकी हुन् ।

योगीसँगै केशवप्रसाद मौर्य र ब्रजेश पाठकले उप मुख्यमन्त्रीको सपथ लिएको जनाइएको छ । लखनउको अटलविहारी वाजपेयी रंगशालामा आयोजित सपथ ग्रहण समारोहमा हराजौं भाजपा कार्यकर्ता एवम् आम नागरिकको उपस्थित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भाजपा र साझेदार दलहरुले उत्तर प्रदेशमा गत महिना विभिन्न ७ चरणमा भएको निर्वाचनमा ४०३ मध्ये २७३ सिटमा जित हासिल गरेका थिए । चुनावमा भाजपा एक्लैले २५५ सिट जितेको थियो । त्यहाँ सरकार बनाउन २०२ सिट भए पुग्छ ।

योसँगै योगीको नेतृत्वमा भाजपाले दोश्रो पटक सरकार गठन गरेको हो ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ६ : १२ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम