कराँचीमा साताको चार दिन लुटपाट गर्ने गिरोह प्रहरीको फन्दामा « Khabarhub

कराँचीमा साताको चार दिन लुटपाट गर्ने गिरोह प्रहरीको फन्दामा


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको कराँची शहरमा प्रहरीले लुटेराहरूको गिरोहलाई पक्राउ गरेको छ । महिलालाई बन्दुक देखाउँदै गहना लुट्ने लुटेराको गिरोहलाई पक्राउ गरिएको प्रहरीका एसएसपी एजाज अहमदले जानकारी दिए ।

गिरोहका नाइके जिब्रानका साथै वकासअनिस नाम गरेका लुटेरालाई पक्राउ गरिएको उनको भनाइ छ ।

उक्त गिरोह पछिल्ला दुई वर्षयता लुटपाटका घटनामा संलग्न रहेको उनको भनाइ छ । साताको चार दिन लुटपाट गर्दै आएको यो गिरोहले हालसम्म १ सय भन्दा धेरै अपराध गरिसकेको बताइएको छ ।

प्रहरीले यो गिरोह कराँचीको क्लिफ्टन, गिजरी र अरु इलाकामा सक्रिय रहेको समेत जनाएको छ । 

सुशासनको अभाव एवम् सुरक्षा निकायको बेवास्ताका कारण कराँचीजस्ता पाकिस्तानका ठूला शहरमा अपराधका घटना बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ७ : ४१ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित