७ सय लिंक हटाउन पाकिस्तानले गरेको आग्रह फेसबुकद्वारा अस्वीकार | Khabarhub Khabarhub

७ सय लिंक हटाउन पाकिस्तानले गरेको आग्रह फेसबुकद्वारा अस्वीकार


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहमदिया मुसलमानसँग सम्बन्धित ७ सय भन्दा धेरै लिङ्कलाई बन्देज गर्न पाकिस्तानले गरेको आग्रह सामाजिक सञ्जाल फेसबुकले अस्वीकार गरेको छ । पाकिस्तानको टेलिकाष्ट अथोरोटी पीटीएले ‘ईश निन्दा गर्ने’ ७ सय भन्दा धेरै लिंक हटाउन माग गर्दै फेसबुकलाई आग्रह गरेको र फेसबुकले उक्त आग्रह अस्वीकार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका हुन् ।

अहमदियाहरुले आफूलाई मुसलमान बताउने र सोही आवरणमा ईश निन्दा गर्ने भन्दै पाकिस्तानी पक्षले फेसबुकलाई यस्तो आग्रह गरेको थियो । फेसबुकले भने अन्तर्राष्ट्रिय समुदायप्रति पाकिस्तानको प्रतिबद्धताको आधारमा यस्ता लिंक हटाउन इन्कार गरेको बताइएको छ ।

पाकिस्तानी आग्रहको जवाफमा फेसबुकले पाकिस्तान ‘अन्तर्राष्ट्रिय मानव अधिकार महासन्धि’ को हस्ताक्षरकर्ता मुलुक भएको स्मरण गराएको र लिंक हटाउने कार्य महासन्धिको विरुद्धमा जाने बताएको थियो ।

पाकिस्तानमा अहमदिया सम्प्रदायका मुसलमानहरुलाई मुसलमान नमान्ने मात्रै नभई उनीहरूविरुद्ध ज्यादती र दमन समेत हुने गरेको आरोप लाग्दै आएको छ ।

किस्तानी कानून अनुसार पाकिस्तानमा अहमदियाहरुलाई मस्जिद बनाउन, नमाज पढ्नका लागि अजान भन्न र इस्लामिक पहिचान प्रयोग गर्न बन्देज छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ७ : ५५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र