सातौँ भूकम्प स्मृति दिवसमा राष्ट्रपतिको सन्देश « Khabarhub

सातौँ भूकम्प स्मृति दिवसमा राष्ट्रपतिको सन्देश


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले विपद् जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्व तयारी एवं विपद्को समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपायबारे समुदायस्तरमै सचेतना अभिवृद्धि गरिनुपर्ने बताएकी छन् ।

राष्ट्रपति भण्डारीले आज सातौँ भूकम्प स्मृति दिवसका अवसरमा जारी गरेको सन्देशमा विपद्को समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपाय समुदायस्तरमा पुर्‍याउन सङ्घीय तथा प्रदेश सरकार र स्थानीय तहको अहम् भूमिका रहेको उल्लेख गरेकी छन् । साथै, उनले यस विषयमा सम्बद्ध सबैको ध्यान आकृष्ट गराएकी छन् ।

गोरखाको बारपाक केन्द्रविन्दु भई २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पहरूमा परी जीवन गुमाउनु हुने दिदीबहिनी तथा दाजुभाइप्रति उनले हार्दिक श्रद्धासुमन व्यक्त गरेकी छन् ।

सन्देशमा भनिएको छ, ‘नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरी भूकम्पबाट ध्वस्त भएका पुरातात्विक एवं ऐतिहासिक सम्पदा, सरकारी तथा सार्वजनिक भवन, शैक्षिक र स्वास्थ्य संस्थाका भवन, निजी आवास, सडक र पुललगायतका भौतिक संरचनाहरूको पुनर्निर्माण कार्य लगभग सम्पन्न गरिसकेको छ ।’

बाँकी रहेका कामहरू सम्पन्न गर्ने जिम्मेवारीसमेत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट सम्बन्धित निकायहरूलाई हस्तान्तरण भइसकेको र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायत भूकम्पपश्चात्को पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यहरूमा सहयोग गर्ने मित्र राष्ट्रहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरू र स्वयंसेवकहरू सबैलाई राष्ट्रपति भण्डारीले धन्यवाद ज्ञापन गरेकी छन् ।

नेपाल विश्वका अति भूकम्पीय जोखिम भएका मुलुकहरूमध्येमा पर्दछ । हाम्रो देश भूकम्पीय जोखिममा पर्नुका मुख्य कारण भौगोलिक अवस्थिति र बनावट रहेको भए पनि मानव निर्मित कमजोर भौतिक संरचना पनि त्यतिकै जिम्मेवार रहेको छ ।

‘विगतको भोगाइ र अनुभवबाट पाठ सिक्दै आउँदा दिनहरूमा भूकम्पजस्ता प्राकृतिक विपद्बाट हुने क्षतिलाई न्यूनीकरण गर्न र भूकम्पको असर थेग्नसक्ने भौतिक संरचना निर्माण गरिनु अति आवश्यक छ’, सन्देशमा भनिएको छ, ‘सुरक्षित जीवनका लागि भूकम्प स्मृति दिवसबाट आपसमा मिलेर काम गर्ने प्रेरणा सबैलाई मिलोस् भन्ने कामना गर्दछु ।’

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ६ : १४ बजे

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि