चितवनमा ठूला दलका उम्मेदवारको मनोनयन दर्ता आज « Khabarhub

चितवनमा ठूला दलका उम्मेदवारको मनोनयन दर्ता आज


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने आज अन्तिम दिन हो । एकै दिनमा मनोनयन दर्ता गर्दा निर्वाचन अधिकृतको कार्यालयमा धेरै चाप पर्ने भएकाले निर्वाचन आयोगले मनोनयन दर्ता गर्ने समय दुई दिन दिएको थियो । तर, ठूला दलका उम्मेदवारले भने आज अन्तिम दिन मनोनयन दर्ता गर्ने भएका छन् ।

आज नेकपा (एमाले)का उम्मेदवारले मनोनयन दर्ता गर्दैछन् । दिउँसो १ बजेअघि नै सक्ने गरी मनोनयन दर्ताको तयारी गर्न एमालेलाई आग्रह गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिए । दिउँसो १ बजेदेखि गठबन्धन दलका उम्मेदवारले संयुक्त रूपमा मनोनयन गर्ने भएकाले त्यसअघि नै सक्न एमालेलाई भनिएको हो ।

भरतपुर महानगरमा एमाले र राप्रपाले तालमेल गर्ने सहमति भएको छ । मेयरमा एमालेबाट विजय सुवेदीले उम्मेदवारी दिने र उपमेयरमा राप्रपाबाट उम्मेदवारी दिने सहमति भएको हो । राप्रपाले भने अझैसम्म पनि उपमेयरको उम्मेदवारको टुंगो लगाइसकेको छैन ।

एमालेले माडीको उपप्रमुख छाडेर सबै पालिकामा प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्ग्याइसकेको छ । माडीमा एमालेसँग तालमेल गर्ने भनिए पनि अझै सहमति नभएको राप्रपा नेत्री रिना गुरुङले बताइन् । माडीमा प्रमुख र उपप्रमुखसहित सबै पदमा राप्रपाले उम्मेदवार उठाउने तयारी गरेको उनले बताइन् ।

गठबन्धन दलका उम्मेदवारले मनोनयन दर्ता गर्न चौविसकोठीदेखि बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालय पुग्ने कार्यक्रम बनाएका छन् । गठबन्धनबाट महानगरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसले मनोनयन दर्ता गर्ने छ । कांग्रेसले पनि उपमेयरका उम्मेदवारको टुंगो अझै लगाएको छैन । कांग्रेसको असन्तुष्ट पक्षबाट पूर्वसांसद जगन्नाथ पौडेलले मेयरमा मनोनयन दर्ता गर्दै छन् ।

गठबन्धनले अन्य पालिकामा भागबन्डा मिलाए पनि उम्मेदवारको टुंगो लगाउन सकेको छैन । सम्भवतः दिउँसो ११ बजेसम्म सबै टुंगो लाग्ने माओवादी केन्द्र चितवनका समन्वय संयोजक आरसी अधिकारीले बताए ।

हिजो भरतपुर महानगरमा साना दल र स्वतन्त्रतर्फका ११ जनाले मेयरमा, तीन जनाले उपमेयरमा र १५ जनाले वडाध्यक्षमा मनोनयन दर्ता गरे ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ८ : ५३ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर