गोदाममा आगलागी हुँदा करोडौँको सामान नष्ट « Khabarhub

गोदाममा आगलागी हुँदा करोडौँको सामान नष्ट


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा गए राति भीषण आगोलागी भएको छ ।

स्थानीय राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरी गोदाममा भएको आगलागीमा मानवीय क्षति नभए पनि करोडौँको सामान जलेर नष्ट भएको छ ।

मध्यराति जुद्ध बारुणयन्त्र भक्तपुर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज बिहान मात्रै आगो नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले दमकल र सुरक्षाकर्मीको सहयोगले आगो नियन्त्रणमा लिएको जानकारी दिए ।

गोदामभित्र रहेको अधिकांश केमिकल, मेसिनरी सामानलगायतका सामान जलेर नष्ट भएको जानकारी दिँदै उनले प्रारम्भिक अनुसन्धनमा करिब रु छ करोड बराबरको क्षति भएको बताए ।

तस्बिर : रासस

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ९ : ०६ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच