डडेलधुरामा माओवादीले टुंग्यायो उम्मेदवार, को-को भए ? « Khabarhub

डडेलधुरामा माओवादीले टुंग्यायो उम्मेदवार, को-को भए ?


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा – सत्ता गठबन्धन दलबीच सहमति हुन नसकेपछि नेकपा (माओवादी केन्द्र) डडेल्धुराले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ ।

माओवादी केन्द्रले दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात वटै स्थानीय तह प्रमुख र उपप्रमुखको उम्मेवार टुंग्याएको हो ।

कुन पालिकामा माओवादी केन्द्रको को उम्मेदवार ? 

माओवादीले परशुराम नगरपालिकाको मेयरमा शेरसिंह माल ‘डायमण्ड’ र उपमेयरमा विमला महतालाई उम्मेदवार बनाएको छ ।

माल परशुराम नगरपालिकाका नगर कमिटी अध्यक्ष हुन् । उनी २०७४ सालको स्थानीय तह चुनावमा नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर साउदसँग पराजित भएका थिए ।

माओवादीले आलिताल गाउँपालिका अध्यक्ष पदका लागि शेरसिंह पार्की र उपाध्यक्षमा मैनाकुमारी बोहरा रावललाई उम्मेदवार बनाएको छ । भागेश्वर गाउँपालिका अध्यक्षमा विष्णुप्रसाद पाण्डेय र उपाध्यक्षमा गीता भट्टलाई उम्मेदवार बनाइएको नेकपा माओवादी केन्द्र प्रदेश कमिटी उपाध्यक्ष मानसिंह मालले जानकारी दिए ।

जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाको मेयरमा लक्ष्मण सिंह र उपमेयरमा सशी अवस्थीलाई उम्मेदवार बनाइएको छ । अयमेरु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार माओवादीले दोहोर्‍याएको छ ।

माओवादी केन्द्रले अध्यक्षमा उमेशप्रसाद भट्ट ‘विकास’ र उपाध्यक्षमा कलावती भाडलाई पुनः उम्मेदवार बनाएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा भट्ट र भाड क्रमश: अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका थिए ।

यसैगरी माओवादीले नवदुर्गा गाउँपलिकाको अध्यक्ष पदका लागि धर्मदेव विक र उपाध्यक्षमा बिष्ना बोहरा तथा गन्यापधुरा गाउँपालिका उपाध्यक्षमा चन्द्रबहादुर मल्ललाई उम्मेदवार बनाएको छ । त्यहाँ अध्यक्षको उम्मेदवार भने माओवादीले टुग्याएको छैन ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १० : ११ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल