सांकेतिक तस्बिर

सात करोड ठगी गर्ने एक जना फरार प्रतिवादी पक्राउ

By खबरहब

April 25, 2022

काठमाडौँ- बैंकिङ कसूर तथा ठगी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१० बानेश्वर बस्ने रौतहट देवाही गोनाही नगरपालिका–३ घर भएका ४३ वर्षीय मुत्यन्य जयसवाल रहेका छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

बैंकिङ कसूर तथा ठगी मुद्दामा फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका–१० अनामनगरबाट पक्राउ गरेको हो ।

उनले विभिन्न आठ जनालाई प्रलोभनमा पारी ७ करोड १३ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । उनलाई आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौँ पठाइएको छ ।